News Griha :: न्यूजगृह
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । विधान अधिवेशनको अन्तिम तयारीका लागि छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ । माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बैठक बिहान ११ बजेबाट राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए । 
किन उठ्यो माओवादीमा पुस्तान्तरणको बहस?
किन उठ्यो माओवादीमा पुस्तान्तरणको बहस? विधान अधिवेशनको तयारीमा जुटेको माओवादी केन्द्रभित्र युवा पुस्तालाई नेतृत्वमा ल्याउने बाटो कसरी सहज बनाउने भन्ने बहस अघि बढेको छ । शनिबार पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकमा यसबारे छलफल भएको नेताहरूले बताएका छन् ।  बैठकपछि उपमहासचिव वर्षमान पुनले युवालाई नेतृत्वमा ल्याउन पार्टीभित्र बहस भइरहेको बताएका छन् ।
कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ 
कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ  कोशी प्रदेश सरकारमा चारजना मन्त्री र दुईजना राज्यमन्त्री थपिएका छन् । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा थपिएका उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।शुक्रबार मुख्यमन्त्री केदार कार्कीले उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका हुन् । थपिएका मन्त्रीहरूमा कांग्रेसबाट ओखलढुङ्गाका प्रदीप...
कोशी प्रदेश : पुन:नामाकरणका लागि राजनीतिक वातावरण बनाउने सहमति
कोशी प्रदेश : पुन:नामाकरणका लागि राजनीतिक वातावरण बनाउने सहमति सहमतिमा पहिचान पक्षले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएका आन्दोलनकारीको प्रदेश सरकारले नि:शुल्क उपचार गर्ने, उनीहरूमाथि लगाइएका राजनीतिक मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फागुन १० गते पहिला नै दुवै पक्षको सहमतिमा पुन: वार्ताको मिति तोक्ने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद...
संविधानलाई स्वीकारेकाहरूबाटै संविधानमाथि प्रहार भयो : गगन थापा   
संविधानलाई स्वीकारेकाहरूबाटै संविधानमाथि प्रहार भयो : गगन थापा    नेपाली कांग्रेस महामन्त्री गगन थापाले देशको संविधानमाथि धेरै कोणबाट प्रहार भइरहेको बताएका छन् । शुक्रबार आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै उनले देशको संविधानमाथि कैयौँ कोणबाट प्रहारहरू भइरहेको भन्दै अस्वभाविक रुपमा नलिई संविधानमाथि प्रहारहरू कहाँबाट भएको छ त्यसलाई चिनेर चिर्नुपर्ने बताए । 
कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै, अपराह्न ४ बजे शपथ
कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै, अपराह्न ४ बजे शपथ सरकारमा थपिने मन्त्रीहरूलाई आजै अपराह्न ४ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ । नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री रहेको कोशी सरकारमा हाल कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् ।
मुख्यमन्त्रीले मागे संघीय मन्त्रीहरूको ‘रिपोर्ट कार्ड’, संघीयता कार्यान्वयनका सवालमा के भने ?
मुख्यमन्त्रीले मागे संघीय मन्त्रीहरूको ‘रिपोर्ट कार्ड’, संघीयता कार्यान्वयनका सवालमा के भने ? प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्य’सँग सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठकमा दाहालले ‘संघीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो । यहाँहरूले मुख्यमन्त्रीको चिन्ता र चासो बुझ्नु नै भयो । त्यसलाई गम्भीरतापूर्वक लिनुस्’ भनेको दाहालको सचिवालयले जनाएको छ ।
माधव नेपाल भन्छन्- प्रधानमन्त्री, मन्त्री फेर्ने विषय बाटाघाटामा छलफल गर्ने होइन
माधव नेपाल भन्छन्- प्रधानमन्त्री, मन्त्री फेर्ने विषय बाटाघाटामा छलफल गर्ने होइन एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री वा मन्त्री फेर्ने विषयमा बाटाघाटामा छलफल गर्न नमिल्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि बुधबार सञ्चारकर्मीहरूसँग उनले प्रधानमन्त्रीले संसद्को नयाँ अधिवेशनमा आफ्नो नीति कार्यक्रम बजेट ल्याउनुपर्ने बेला को प्रधानमन्त्री बन्ने भन्ने कुरा आएपछि काम गर्न नसक्ने भन्दै यस्तो विषय जहाँसुकै छलफल गर्न नमिल्ने...
रवि लामिछाने भन्छन्– सदनमा घोचपेच बढी भयो
रवि लामिछाने भन्छन्– सदनमा घोचपेच बढी भयो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा घोचपेच बढी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सदनलाई घोचपेच गर्ने ठाउँभन्दा पनि अलि फरक बनाउने प्रस्तावसहित आफूहरू आएको उनले बताएका छन् । प्रतिनिधि सभामा बुधबार बोल्दै सभापति लामिछानेले वक्ताहरूलाई ज्ञान बाँड्ने थलो बनाउन चाहेको हो भने आफ्नै दलबाट सुरु...
योभन्दा नालायक र गतिहीन सरकार इतिहासमै थिएन : गोकुल बाँस्कोटा [भिडिओसहित]
योभन्दा नालायक र गतिहीन सरकार इतिहासमै थिएन : गोकुल बाँस्कोटा [भिडिओसहित] नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले वर्तमान सरकार जस्तो गतिहीन र जवाफ विहीनता सरकार इतिहासमानै नभएको आरोप लगाएका छन् । 
माग पुरा नभए सदन मै अनशन बस्ने अब्दुल खानको चेतावनी 
माग पुरा नभए सदन मै अनशन बस्ने अब्दुल खानको चेतावनी  जनमत पार्टीका सांसद अब्दुल खानले जनहितकारी कामहरू संसद्मा सुनुवाइ नभएको गुनासो गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले जनहितका कामहरू अब पनि समयमा नै सुनुवाइ नहुने हो भने सदनमा अनशन बस्न तयार रहेको बताए । 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।
Weather Update