News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं— प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।

बैठकमा दलीय आधारमा मन्तव्य राख्ने तथा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने विषय पनि संसद् क्यालेन्डरमा उल्लेख छ ।

आजको बैठकमा कांग्रेस नेता तथा पूर्व सांसद केशवकुमार बुढाथोकीको निधन भएकोले शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०७:२१
Weather Update