
रोकियो महामन्त्री थापाको ‘ मेची-महाकाली संवाद यात्रा’ मंगलबार, माघ २३, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेची-महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराती निधन भएकाले उनले आफ्नो संवाद यात्रा स्थगित गरेका हुन् । झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गर्दै तत्कालका लागि आफ्नो संवाद यात्रा...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै मंगलबार, माघ २३, २०८० नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भएपनि सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

यो अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्नमा केन्द्रित हुन्छ : प्रधानमन्त्री सोमबार, माघ २२, २०८० प्रधानमन्त्री प्रचण्डले राम्रो वातावरणमा हिउँदे अधिवेशन सुरु भएको भन्दै धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा सुरु भएको छ, अब अगाडि बढ्छ ।’

सांसदहरू 'गयल' भएपछि प्रतिनिधि सभामा आजदेखि विद्युतीय हाजिर सोमबार, माघ २२, २०८० डिजिटल हाजिरलाई अघि बढाउने निर्णय गरिएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकपश्चात् सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ । बैठकमा उपस्थितिको विवरण वेबसाइटमार्फत जानकारी गराउने निर्णय पनि गरिएको छ । यस्तै, संसद् बैठक सञ्चालनसम्बन्धी माघ र फागुन महिनाको क्यालेन्डर पनि अनुमोदन गरिएको छ ।

शेखरसँग कांग्रेस कार्यकर्ताको आक्रोश— हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने ? सोमबार, माघ २२, २०८० ‘समुदायमा कांग्रेस’ अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विभिन्न तहका कार्यकर्ताहरूले गुनासो र आक्रोश पोखेका छन् । सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी बिचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिँड्न नसक्ने...

यथास्थितिमा टीआरसी विधेयक पास हुँदैन : केपी ओली सोमबार, माघ २२, २०८० एमाले अध्यक्ष केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिने बताएका छन् । उक्त विधेयक एमालेले संसदबाट पास गर्न नदिने उनले स्पष्ट पारे ।

उपनिर्वाचनको तयारीमा आयोग: मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान, २३ पद रिक्त सोमबार, माघ २२, २०८० निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचन तथा मङ्सिरमा भएको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त रहेका पदका लागि आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

टीआरसी विधेयक यही अधिवेशनबाट पास गराउने माओवादीको तयारी सोमबार, माघ २२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी (टीआरसी) विधेयक यही अधिवेशनमार्फत सहमतिमा पास गराउने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको संसदीय दलको बैठकमा दाहालले यही अधिवेशनबाट टीआरसी विधेयक सहमतिमै पारित गराउने बताए ।...

एमाले धादिङ विवाद मिलाउने प्रयास, भोलिदेखि अधिवेशन सञ्चालन गर्ने तयारी सोमबार, माघ २२, २०८० नेकपा एमाले धादिङ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विवाद मिलाउने प्रयास गरिएको छ । विवाद मिलाउन केन्द्रबाटै पहलकदमी लिइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशनसँग सम्बन्धित दुवै पक्षलाई बालकोटमा बोलाएर छलफल गरेका थिए । छलफलपछि विवाद समाधानका निम्ति उनले संगठन विभागलाई निर्देशन दिएको एमाले बागमती प्रदेश कमिटीका सचिव...

हिउँदे अधिवेशन : सदन भत्ता पकाउने थलो मात्रै नबनोस् सोमबार, माघ २२, २०८० संसद् सांसदहरूको तलब र भत्ता पकाउने थलो मात्रै बनिरहँदा निर्वाचनहरूमा अनपेक्षित नतिजाले पर्खिन्छन् । राजनीतिमा टिकिरहन चाहने नेताहरूले अध्ययन गर्नुपर्छ, तर्कपूर्ण अभिव्यक्ति राख्नुपर्छ । संसदीय अभ्यास नतिजामुखी हुन सकेन भने व्यवस्था नै अफाप हुन्छ । त्यस्तो हुन नदिन सांसदको काँधमा जिम्मेवारी छन् । आफ्नै दल, आफ्नै सरकारले अघि सारेका एजेन्डा...

आजदेखि संघीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै सोमबार, माघ २२, २०८० संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ । सचिवालयले यस पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको छ। हरेक १५/१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुने संसद् सचिवालयका प्रवक्ता...

राष्ट्रिय सभा सदस्यको शपथ फागुन २१ गते आइतबार, माघ २१, २०८० राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको गएको शुक्रबार बसेको बैठकबाट सभाको आउँदो हिउँदे अधिवेशनका निम्ति माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत गरिएको छ । फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष चयन गर्ने कार्यतालिकामा उल्लेख छ ।