News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
Prabhu Bank

काठमाडौं— जनमत पार्टीका सांसद अब्दुल खानले जनहितकारी कामहरू संसद्मा सुनुवाइ नभएको गुनासो गरेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले जनहितका कामहरू अब पनि समयमा नै सुनुवाइ नहुने हो भने सदनमा अनशन बस्न तयार रहेको बताए । 

उनले भने, ‘बर्दिया जिल्लामा निरन्तर रुपमा वन्यजन्तुको आक्रमण रोकियोस् भनेर सदनमा पटक पटक आवाज उठाएको छ । बर्दिया जिल्लाकै गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने पुल निर्माणको निम्ति आवाज उठाएर अनशनसमेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन । यस्ता जनहितकारी कामहरू सुनुवाइ नहुनु दुखको कुरा हो । यस्ता कामहरू अब समयमा नै भएन भने यो सदनमा म पनि अनशन बस्न तयार हुन्छु ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १४:१०
Weather Update