आज गण्डकी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदाशुक्रबार, फागुन ४, २०८०

एमाले धादिङ अध्यक्षमा त्रिपाठी निर्वाचित शुक्रबार, फागुन ४, २०८० नेकपा एमाले धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित भएका छन्।

एमाले केन्द्रीय सदस्य ऐन महर र सिराज अहमद फारुकी बर्खास्त बिहीबार, फागुन ३, २०८० केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले महर र फारुकीलाई बर्खास्त गरेको हो । तर यो सूचना सार्वजनिक गर्दा एमालेले राजीनामा स्वीकृत गरेको भनेको छ । ‘बैठकले दुई जना केन्द्रीय कमिटीका सदस्यहरू अहमद फारुकी र ऐन महरको राजीनामा स्वीकृत गरेको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको वक्तव्यमा उल्लेख छ...

एमालेको केन्द्रीय कमिटीको बैठक आगामी साता बिहीबार, फागुन ३, २०८० नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले उक्त मिति तोकेको महासचिव शंकर पोखरेलले बताए ।

माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने बिहीबार, फागुन ३, २०८० प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा नेताहरूले उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिह्न तत्काल नफेर्ने तर आवश्यक परे पछि निर्णय लिने बताए । माओवादीमा शहरी क्षेत्रमा पार्टीको संगठन विस्तार गर्न अप्ठेरै भएको भन्दै नेताहरूले नाम र चुनाव चिह्न फेर्नुपर्ने माग राखेका थिए ।

माओवादीको केन्द्रको चुनाव चिन्ह फेर्न र मानार्थ सदस्य थप्न सुझाव बिहीबार, फागुन ३, २०८० नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन गर्ने कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरूबाट बिहीबार सात टोलीबाट सुझाव प्रस्तुत भएको छ । मङ्गलबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा...

कांग्रेसले ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठक: २ हजार बढी प्रतिनिधि सहभागी हुने बिहीबार, फागुन ३, २०८० गोदावरीमा ४ दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो।

दक्षिणको मौलिक ज्ञानले हल गर्छ विश्वको समस्या : प्रधानमन्त्री बिहीबार, फागुन ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियामा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरूपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताएका छन्।

नेकपा एकीकृत समाजवादीका नेतालाई नयाँ जिम्मेवारी, कसले के पाए? बिहीबार, फागुन ३, २०८० नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार, फागुन ३, २०८० कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक डाकिएको जानकारी दिए।
एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटीको तयारी एजेण्डा बिहीबार, फागुन ३, २०८० आजको बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल हुने पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

माओवादी केन्द्रको विधान अधिवेशनमा आज सात समूहले सुझाव पेस गर्ने बिहीबार, फागुन ३, २०८० जारी अधिवेशनमा विधानमाथि सुझाव पेस गर्न गठन गरिएका समूहको सुझाव संकलनको कार्य जारी छ। आजको अधिवेशनमा सात समूहले सुझाव पेस गर्ने छन्। बुधबार १३ समूहले सुझाव पेस गरिसकेका छन्।

कांग्रेस महासमिति बैठकअघि किन आयो प्रधानमन्त्रीको अडिट रिपोर्ट? बुधबार, फागुन २, २०८० कांग्रेस महासमिति बैठक पार्टीभित्र मात्र नभइ राष्ट्रिय राजनीतिमा पनि उत्तिकै चासोको विषय बनेको छ । सत्ता गठबन्धनको भविष्यमाथि स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्न उठाइसकेका छन् भने कांग्रेससँगको सहयात्रालाई विश्राम दिने मनसाय उनले प्रकट पनि गरिसकेका छन् । त्यसैले पनि कांग्रेस महासमिति बैठक सबैका लागि चासोको विषय बनेको छ । ...