प्रजातन्त्रसँग अभिन्नरुपमा जोडिएको बालिग मताधिकारसोमबार, फागुन ७, २०८०

नेपालको आधुनिक इतिहासमा फागुन ७ को विशेष महत्त्व छ: सभामुख सोमबार, फागुन ७, २०८० सभामुख देवराज घिमिरेले नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व रहेको बताएका छन्।

लोकतन्त्रले बृहत राष्ट्रिय एकतालाई थप मजबुद बनाउनेछ: राष्ट्रपति सोमबार, फागुन ७, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्।

विधान अधिवेशन गरेर के पायो माओवादीले? आइतबार, फागुन ६, २०८० विधान अधिवेशन अगाडि माओवादी नेताहरु जुन आत्मविश्वासका साथ प्रस्तुत हुने गरेका थिए, त्यो अवस्था अधिवेशन सकिएपछि छैन। किनकि ऐतिहासिक भनिएको विधान अधिवेशन पनि कर्मकाण्ड पूरा गर्नमै सीमिति रह्यो। विधान अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी भएका माओवादीका १ जना केन्द्रीय सदस्य भन्छन्, ‘विधान अधिवेशनले साँच्चिकै केही गर्ला भन्ने विश्वास थियो। परिणामका हिसाबले...

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले पाए तेस्रो पटक विश्वासको मत आइतबार, फागुन ६, २०८० मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिएका छन्। मुख्यमन्त्री भएपछि यादवले तेस्रो पटक आइतबार प्रदेश सभामा विश्वासको मत लिएका हुन्।

कांग्रेस महासमितिमा हिन्दु राष्ट्रको विषय एजेन्डा नबन्ने आइतबार, फागुन ६, २०८० पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भोलिदेखि शुरु हुने महासमिति बैठकको तयारीबारे जानकारी दिँदै हिन्दु राष्ट्रको विषयमा छलफल नहुने बताएका हुन्। ‘हाम्रा कतिपय साथीहरू हिन्दु राज्य चाहन्छौँ भन्नुभएको छ। प्रस्ताव बनोस् भन्नुभएको छ। तर कांग्रेसको प्रस्ताव बनेन। केन्द्रीय समिति र महासमितिमा असहज हुने गरी यो विषय अघि बढेको छैन,’ विश्वकर्माले...

कांग्रेस महासमिति बैठकमा ६० जनाले मात्र बोल्न पाउने, प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने आइतबार, फागुन ६, २०८० नेपाली कांग्रेसको महासमिति बैठकका सहभागी नेतामध्ये ६० जनाले बोल्न पाउने भएका छन्। सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने बैठकको तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ। ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने ‘महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको छ। महासमितिमा सहभागी सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न...

इलाम २ उपनिर्वाचन: उम्मेदवारका लागि ‘सर्भे’ गर्दै कांग्रेस र एमाले, रास्वपाका लागि परीक्षा! आइतबार, फागुन ६, २०८० उपनिर्वाचन हुनेमध्ये प्रतिनिधि सभा सदस्य रिक्त रहेको इलाम क्षेत्र नम्बर २ मा धेरैको चासो छ। नेकपा एमालेका नेता तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुने भएको हो। इलाम २ मा हुने उपनिर्वाचनलाई दलहरूले आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर हेरिरहेका छन्। किनकि ‘मिसन ८४’को हल्ला जोडतोडले...

बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री आइतबार, फागुन ६, २०८० उनले भने, ‘सरकारको तर्फबाट बालकुमारी घटनामा तत्काल लिएको पहल र क्रियाकलापबारे बिल्कुल गलत सूचना भएको मैले महसुस गरे। सरकारले त्यस घट्नामा संलग्नलाई तत्कालै निलम्बन गर्नका लागि र पीडितहरूका सवालमा मान्यहरुले भन्नुभयो १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा बिल्कुल तथ्यहीन हो। छानविन समिति पक्कै प्रतिपक्षले बनाएको त होइन। सरकारले...

भौतिकमन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग आइतबार, फागुन ६, २०८० प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समयमा एमाले सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले सरकारी छानबिन समितिले नै दोषी देखाएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका हुन्।...

भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकार र गठबन्धनका मान्छे चोख्याउन रहेछः रवि लामिछाने आइतबार, फागुन ६, २०८० प्रतिनिधि सभाको आइतबारको बैठकमा लामिछानेले भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकारले आफ्ना र गठबन्धनका मान्छे जोगाउनका लागि मात्र रहेछ भन्ने पुष्टि भइसकेको भन्दै अब फाइल रास्वपाका मान्छेको मात्र खोल्न माग गरे। लामिछानेले आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरण लगायतमा...

बालकुमारी घटना: संसद्मा एमालेले भन्यो– सिपाहीलाई डन्डा, मन्त्रीलाई झण्डा स्वीकार्य छैन, ज्वालालाई बर्खास्त गर आइतबार, फागुन ६, २०८० प्रमुख विपक्षी नेकपा एमालेले ललितपुरको बालकुमारीमा गत पुस १३ गते भएको हत्याकाण्डमा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानविन आयोगले भनिसकेको अवस्थामा दोषीलाई मन्त्री पदमा राख्न नमिल्ने भन्दै बर्खास्त गर्न माग गरेको छ।
विप्लव बने समाजवादी मोर्चाको संयोजक आइतबार, फागुन ६, २०८० आइतबार बिहान बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। समाजवादी मोर्चा गत असारमा गठन भएको हो । त्यसबेला तीन/तीन महिनामा चक्रीय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने सहमति भएको थियो । आजको बैठकले बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय पनि गरेको छ।