News Griha :: न्यूजगृह
अब कांग्रेस एक्लै चुनाव लड्ने, यस्तो छ महामन्त्री थापाको सांगठनिक प्रस्ताव
अब कांग्रेस एक्लै चुनाव लड्ने, यस्तो छ महामन्त्री थापाको सांगठनिक प्रस्ताव नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गरेका छन्। मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उनले सांगठनिक प्रस्ताव पेस गरेका हुन्। महासमिति बैठकमा योसँगै पाँच वटा प्रस्ताव पेस भएका छन्। सांगठनिक प्रस्ताव पेस गर्दा अब नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने उनले बताएका छन्। एक्लै चुनाव लड्ने र...
महामन्त्री शर्माको प्रतिवेदन : गठबन्धन ‘आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा’
महामन्त्री शर्माको प्रतिवेदन : गठबन्धन ‘आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा’ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको दोस्रो दिन महामन्त्री शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरे।
टीआरसी टुङ्ग्याउन प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऔँ भन्ने प्रस्ताव गरे, तर हामीले मानेनौँः ओली
टीआरसी टुङ्ग्याउन प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऔँ भन्ने प्रस्ताव गरे, तर हामीले मानेनौँः ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र देउवाले सिद्धान्त र नीति छाडेर मिल्छौ भन्दै प्रलोभन देखाएर बताएका छन्। पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड र देउवाले कुनैपनि हालतमा गर्छौ भनेको काम नगरेको र असभ्य काम गर्न खोजेर प्रलोभनमा पार्ने प्रयास गरेपनि एमाले त्यस्तो प्रलोभनमा...
कांग्रेसभित्र हिन्दु राष्ट्रका पक्षमा बहस, शशांकसहित ६ सय नेताको हस्ताक्षर
कांग्रेसभित्र हिन्दु राष्ट्रका पक्षमा बहस, शशांकसहित ६ सय नेताको हस्ताक्षर नेपाली कांग्रेसको जारी महासमिति बैठकमा वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानमा ६ सयबढी प्रतिनिधिले हस्ताक्षर गरेका छन्। महासमिति बैठक स्थलमा राखिएको हस्ताक्षर संकलन कक्षमा हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान जारी राखिएको अभियन्ता लोकेश ढकालले जानकारी दिए।मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य डा.शशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर...
यस्तो छ कांग्रेस महासमितिमा प्रस्तुत उपसभापति खड्काको प्रतिवेदन [पूर्णपाठसहित]
यस्तो छ कांग्रेस महासमितिमा प्रस्तुत उपसभापति खड्काको प्रतिवेदन [पूर्णपाठसहित] नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रस्ताव पेश गर्दै उनले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए। उनले भ्रष्टचार विरुद्ध शुन्य सहनशिलता अपनाउँदै आफ्ना हरेक...
भीसी नियुक्तिको प्रक्रिया सार्वजनिक गर्न कांग्रेस नेता पौडेलको माग
भीसी नियुक्तिको प्रक्रिया सार्वजनिक गर्न कांग्रेस नेता पौडेलको माग नेपाली कांग्रेसका नेता एवम सांसद प्रदिप पौडेलले त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको बाचा पुरा नगरेको बताएका छन्।खुला र पारदर्शी प्रतिस्पर्धाबाट भिसी नियुक्ति गर्ने भनेर गरिएको सार्वजनिक प्रतिबद्धतालाई कर्मकाण्डी मात्रै बनाइएको नेता पौडेलको आरोप छ। नेता पौडेलले सामाजिक संजालमार्फत भिसी नियुक्तिमा आपत्ति जनाएका हुन्।
दुई घण्टापछि कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु
दुई घण्टापछि कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र सुरू भएको छ। मंगलबार बिहान नौं बजेदेखि बन्दसत्र सुरु हुने भनिएपनि ११ बजेदेखि मात्र सुरु भएको हो।सोमबार सभापति शेरबहादुर देउवाले उदघाटन गरेको बैठकमा पाँचवटा प्रतिवेदनहरु प्रस्तुत हुँदैछन्। प्रस्तुत हुने प्रतिवेदनहरूमाथि सहमति नजुट्दा मंगलबार बिहान ढिलागरी बैठक सुरु भएको हो। बन्दसत्र सुरु भएलगत्तै उपसभापति पूर्णबहादुर...
द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतरा सामना गर्नुपर्‍यो– प्रधानमन्त्री दाहाल
द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतरा सामना गर्नुपर्‍यो– प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बताएका छन्। ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा हामीहरू सचेत हुनुपर्ने बताए। शान्ति स्थापनाकार्य जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको...
कांग्रेसले निर्वाचन हुन नसकेका १२ निर्वाचन क्षेत्रका प्रतिनिधिलाई महासमितिमा सहभागी गराउने
कांग्रेसले निर्वाचन हुन नसकेका १२ निर्वाचन क्षेत्रका प्रतिनिधिलाई महासमितिमा सहभागी गराउने नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका १२ निर्वाचन क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिहरूलाई यसपटकको महासमिति बैठकमा सहभागी गराउने भएको छ। बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बिहान भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादका कारण महासमिति सदस्यको निर्वाचन हुन नसकेका ती क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिहरूलाई आमन्त्रिण सदस्यकारुपमा सहभागी गराउने निर्णय गरेको...
कांग्रेस महासमिति बैठकमा आजदेखि बन्दसत्र
कांग्रेस महासमिति बैठकमा आजदेखि बन्दसत्र नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ। सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन्। मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति...
कांग्रेसका छ शुभेच्छुक संस्थाले बहिष्कार गरे महासमिति बैठक
कांग्रेसका छ शुभेच्छुक संस्थाले बहिष्कार गरे महासमिति बैठक नेपाली कांग्रेसका छ वटा शुभेच्छुक संस्थाहरूले पार्टीको महासमिति बैठक बहिष्कार गरेका छन् । ललितपुरको गोदावरीमा सोमबारदेखि पार्टीको महासमिति बैठक सुरु भएको छ । महासमिति बैठक अघि पार्टी विधानको दफा १८  (१) (घ) अनुसार प्रत्येक शुभेच्छुक संस्थाबाट तीन-तीनजनाको प्रतिनिधित्व गराइनुपर्ने व्यवस्था विपरीत भएको भन्दै ती शुभेच्छुक संस्थाहरूले बैठक बहिष्कार गरेका हुन्...
एमाले केन्द्रीय कमिटी आजदेखि, पार्टी निर्माणदेखि जनपरिचालनसम्मका कार्यसूची
एमाले केन्द्रीय कमिटी आजदेखि, पार्टी निर्माणदेखि जनपरिचालनसम्मका कार्यसूची  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। बैठक बिहान ११ बजेदेखि पार्टी मुख्यालय च्यासलमा हुनेछ। एमालेले केन्द्रीय कमिटीका लागि विभिन्न ६ कार्यसूची तय गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए। गौतमकका अनुसार  बैठकमा पार्टी अध्यक्ष केपी शर्मा...
Weather Update