पदाधिकारी र पूर्व पदाधिकारी बैठक चल्दाचल्दै देउवा किन गए बालुवाटार? सोमबार, फागुन ७, २०८०

सहकारीका समस्या समाधान गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण सोमबार, फागुन ७, २०८० पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता खगराज अधिकारी र परितोष पौडेलले सरकारले तत्काल ध्यान दिनुपर्ने भनाइ राखे। सहकारी क्षेत्रमा हाल देखिएका समस्या मूलत: प्रणालीले दिएको अवसर माथि टेकेर गरिएको अभ्यासले सृजना भएका भन्दै जनताको बचतको रक्षाको दायित्व सरकारको भएको उनीहरूले बताए।

प्रधानमन्त्री भन्छन्– विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छ सोमबार, फागुन ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्मा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताएका छन्। सरोकारवाला सबै पक्षसँग कुरा गरेर आएका सुझावका आधारमा विधेयकमा आवश्यक संशोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ।

देउवा भन्छन्– भविष्यमा गठबन्धन नगर्ने भनेर अहिल्यै निर्णय गर्नु उचित हुँदैन सोमबार, फागुन ७, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा गठबन्धन गर्ने कि नगर्ने भनेर अहिले नै निर्णय गर्नु उचित नहुने बताएका छन्। भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालिक परिस्थितिले निर्धारण गर्नुपर्ने भएकाले त्यही बेलामा निर्णय गर्दा उचित हुने देउवाको भनाइ छ। सभापति देउवाले कुनै एउटा पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन...

असफल सिद्ध भइसकेका व्यक्तिलाई उपकुलपति बनाउने खेल भइरहेको छ: ओली सोमबार, फागुन ७, २०८० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल भइसकेका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउने खेल भइरहेको बताएका छन्। अहिले त्रिविको उपकुलपतिका लागि ३ जना सिफारिस भएकोमा असफल सिद्ध भइसकेका व्यक्तिलाई नियुक्त गर्ने खेल भइरहेको ओलीको भनाइ छ।

देउवाले उद्घाटन गरे कांग्रेस महासमिति बैठक सोमबार, फागुन ७, २०८० ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन गरिएको छ।गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठकको उदघाटन गरिएको हो । पार्टी सभापति शेर बहादुर देउवाले रुखमा पानी हालेर र पानसमा बत्ती बालेर बैठकको उदघाटन गरे ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन १० देखि सोमबार, फागुन ७, २०८० जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न...

मीन विश्वकर्माले भने– महामन्त्रीको प्रतिवेदन संशोधन भएर आउँछ सोमबार, फागुन ७, २०८० सोमबार बिहान सभापति देउवा निवास बूढानिलकण्ठमा पदाधिकारीसहित बसेको बैठकमा महामन्त्री थापाको प्रतिवेदनको कतिपय विषय संशोधन गर्न तयार रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दाबी गरे। उनले भने, ‘साँझा डकुमेन्ट आउँछ। संशोधन भएर आउँछ, महामन्त्रीज्यु कतिपय विषय संशोधन गर्न तयार हुनुहुन्छ।’ सहमति जुटेसँगै महासमिति बैठकका लागि नेताहरू गोदावरीमा जम्मा भएका हुन्।

कांग्रेसमा लफडा, शुभेच्छुक संस्थाहरूले दिए महासमिति बहिष्कार गर्ने धम्की सोमबार, फागुन ७, २०८० नेपाली कांग्रेसका केही शुभेच्छुक संस्थाहरूले महासमिति बैठक बहिष्कार गर्ने भएका छन्। ललितपुरको गोदावरीमा आजबाट सुरु हुने महासमिति बैठकअघि शुभेच्छु सङ्गठनहरूले नेतृत्वले गल्ती नसच्याए बहिष्कार गर्ने धम्की दिएका हुन्। नयाँ निर्वाचित नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउने गरी पार्टीले प्रतिनिधि तोकेको भन्दै उनीहरूले महासमिति बहिष्कार गर्ने चेतावनी दिएका हुन्। विशेषगरी नेपाल प्रेस युनियन,...

टुँडिखेलबाट प्रधानमन्त्रीले भने: गार्हस्थ उत्पादनमा गुणात्मक वृद्धि अबको एजेण्डा सोमबार, फागुन ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले कुल ग्रार्हस्थ उत्पादनमा गुमात्मक वृद्धि गर्नुपर्ने बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सन् २०३० सम्ममा नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रका रूपमा स्थापित गर्न कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए। उनले भने, ‘परम्परागत विकासको मोडेल पुनरावलोकन...
सङ्घीयता र गणतन्त्रको जननी फागुन ७: देउवा सोमबार, फागुन ७, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन ००७ को क्रान्ति नै सङ्घीयता र गणतन्त्रको जननी भएको बताएका छन्।

चुनाव जित्न कै लागि गरिने गठबन्धनले ओझेलमा युवापुस्ता सोमबार, फागुन ७, २०८० नेताहरू सधैं आफ्नो पदीय हैसियतमा रहिरहन चाहनु नयाँ पुस्तालाई राजनीतिमा आउन बाट रोक्नु हो।

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि, २५ सय नेता सहभागी हुने सोमबार, फागुन ७, २०८० कांग्रेस महासमिति बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रस्ताव पेस हुनेछन् ।