मधेस प्रदेशका मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिँदै, यस्तो छ अङ्क गणितआइतबार, फागुन ६, २०८०

तेस्रो पटक विश्वासको मत माग्दै मधेसका मुख्यमन्त्री आइतबार, फागुन ६, २०८० मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

समाजवादी मोर्चाको बैठक आज, भावी कार्ययोजना बनाउने आइतबार, फागुन ६, २०८० समाजवादी मोर्चाको बैठक आजलाई डाकिएको छ। मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्ने जनाएको छ।

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बेग्ला बेग्लै बैठक आइतबार, फागुन ६, २०८० आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक डाकिएको छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई बोलाइएको छ।

समाजवादी मोर्चाको बैठक आइतबार बस्ने शनिबार, फागुन ५, २०८० समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ। मोर्चाले अहिलेसम्म देशभर गरेका संगठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न आइतबार बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा बैठक बोलाएको हो।

हिन्दु राष्ट्र र राजसंस्था फरक कुरा हो: कांग्रेस नेता भण्डारी शनिबार, फागुन ५, २०८० अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरू सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे। नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका भण्डारीले आफूहरूले स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा भएपनि केहीले यसलाई निस्तेज पार्न राजसंस्था जोड्ने कुकृत्य भइरहेको बताए।

अपेक्षित परिणाम ल्याउन कार्यशैली परिवर्तन गरौँ शनिबार, फागुन ५, २०८० डा तोसिमा भन्छिन्: संविधानमा व्यवस्था भएअनुसार जनतालाई आधारभूत आवश्यकता पूरा भएको अनुभूति दिलाउने र जनमुखी मुद्दा सम्बोधन भएको देख्न चाहन्छौँ भने हामीले शैली बदल्नै पर्छ । शैली बदल्नका लागि नियत बदल्नुपर्छ, नियत बदलियो भने मात्र भएका नीतिले काम गर्छ भन्ने मैले अनुभूत गरेकी छु ।

शक्तिशाली राष्ट्रहरूबीचको वैमनस्यले ठूलो क्षति भयो : ओली शुक्रबार, फागुन ४, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भविष्यमा आउनसक्ने चुनौतीहरूको सामना गर्न सान्दर्भिक राजनीतिक दर्शनको आवश्यकता रहेको औंल्याएका छन् ।पार्टीनिकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शक्तिशाली राष्ट्रहरू बीचको वैमनस्यले गर्दा विकासउन्मुख देशहरूले क्षति ब्यहोर्नुपरेको बताए ।

महासमितिमा पेस प्रतिवेदन र दस्तावेजहरूमा गठबन्धनको छाया देखियो: शेखर कोइराला शुक्रबार, फागुन ४, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएका प्रतिवेदन र दस्तावेजहरूमा सत्तारुढ गठबन्धनको छाया परेको बताएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्नेक्रममा डा. कोइरालाले महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू पार्टीको मौलिकतामा आधारित हुनुपर्ने धारणा राखेका हुन् ।उनले पार्टीको इतिहासको गुणगान मात्र...

कांग्रेसभित्र हिन्दुराष्ट्रको बहस : सनातन हिन्दुराष्ट्रको पक्षमा निर्णय लिन माग गर्दै कांग्रेसमा २२ नेताले राखे पूरक प्रस्ताव शुक्रबार, फागुन ४, २०८० सत्तारुढ नेपाली कांग्रेसभित्र विस्तारै हिन्दुराष्ट्रको एजेन्डा बहसको विषय बन्न थालेको छ। ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसका २२ जना नेताहरूले शुक्रबार पार्टीले हिन्दुराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै पुरक प्रस्ताव दर्ता गराएका हुन्। पार्टी केन्द्रीय सदस्य तथा प्रदेश कार्यसमितिका सभापति सहित २२ जना नेताहरूले धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु धर्मको...

दलको नाम, विधान हेरफेर गरेको भए पेश गर्न निर्वाचन आयोगको निर्देशन शुक्रबार, फागुन ४, २०८० निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्नमा भएको परिवर्तन, संशोधन तथा पदाधिकारीको हेरफेर भएको भए सोबारे ३० दिनभित्र आयोगलाई जानकारी दिन निर्देशन दिएको छ ।
-1708060169.png)
बाहिर प्रचार भएजस्तो होइन, प्रधानमन्त्रीसँग मेरो सम्बन्ध राम्रो छ: अर्थमन्त्री शुक्रबार, फागुन ४, २०८० ‘कता–कता आइरहेको छ, कि अर्थमन्त्रीले बजेट कटौती गरे, त्यसमा प्रधानमन्त्रीको पनि सहमति छैन, प्रधानमन्त्री र अर्थमन्त्रीबीचमा विवाद छ भनेर प्रचार भएको छ,’ उनले भने, ‘कसले किन यस्तो भ्रमपूर्ण प्रचार गरेको हो ? म आफैँ अचम्मित छु । वास्तवमा प्रधानमन्त्रीसँग कुनै वादविवाद छैन । राम्रो समन्वय र छलफल भइरहेको छ ।...

कांग्रेस केन्द्रीय समितिमा प्रस्तुत प्रतिवेदनमाथि धारणा राख्नेक्रम जारी शुक्रबार, फागुन ४, २०८० नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । केन्द्रीय सदस्यहरूले धारणा र सुझाव राख्ने क्रम चलिरहेको छ । केन्द्रीय सदस्यहरूको धारणा समेतलाई समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ ।