News Griha :: न्यूजगृह
टीआरसी टुङ्ग्याउन प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऔँ भन्ने प्रस्ताव गरे, तर हामीले मानेनौँः ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र देउवाले सिद्धान्त र नीति छाडेर मिल्छौ भन्दै प्रलोभन देखाएर बताएका छन्। पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड र देउवाले कुनैपनि हालतमा गर्छौ भनेको काम नगरेको र असभ्य काम गर्न खोजेर प्रलोभनमा पार्ने प्रयास गरेपनि एमाले त्यस्तो प्रलोभनमा नपर्ने बताए।

उनले भने, ‘उहाँहरूको योजना के भने हामीलाई चक्लेट, ललिपप देखाउने र सिद्धान्त छोडेर मिल्छौ भन्ने हो। उहाँहरूको एउटा खेल देखाउनुभयो र अन्तिममा नसकिने कुरा गर्नुभयो । प्रचण्ड र देउवाले कुनै पनि हालतमा गर्छौ भनेको कुरा नसकिने खालको कुरा राख्नुभयो।’

राष्ट्रिय सभाको निर्वाचनलाई लिएर एमालेलाई बदनाम गर्न खोजेको पनि उनको भनाई छ। उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनमा हाम्राविरुद्ध दुईवटा कुरा चर्चा गरियो। हामीलाई बदनाम गर्न खोजियो। सिट मागेको भनेर हल्ला गरियो। एमालेले सिट लेनदेन गर्न खोजेको छ । सिट मागिरहेका छ भनेर हामीलाई बदनाम गर्न गरियो। जुन कुरा गलत थियो र उचित थिएन।’ 

सरकारले एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऔँ भन्ने प्रस्ताव गरेको अध्यक्ष ओलीले बताए। ‘सरकारको तर्फबाट प्रधानमन्त्रीले नै प्रस्ताव राख्नुभएको थियो । त्यो प्रस्तावपछि कांग्रेसका सभापतिसँग पनि परामर्श गरेर लोकतन्त्रलाई सुदृढ बनाउन आधारभूत रूपमा मिलेर जानुपर्छ भन्नुभयो। त्यसलाई अस्वीकार नगरेपनि हामीलाई विश्वास थिएन । उहाँहरु यथास्थितिमा टीआरसी टुङ्ग्याउने पक्षमा हुनुहुन्थ्यो। त्यो हामीलाई मान्य थिएन,’ ओलीले भने।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १५:२५
Weather Update