
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गरेका छन्। मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उनले सांगठनिक प्रस्ताव पेस गरेका हुन्। महासमिति बैठकमा योसँगै पाँच वटा प्रस्ताव पेस भएका छन्।
सांगठनिक प्रस्ताव पेस गर्दा अब नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने उनले बताएका छन्। एक्लै चुनाव लड्ने र रुखमा मात्रै मत हाल्ने सुनिश्चितताको कुरा उनले प्रस्तावमा गरेका छन्। उक्त कुरा वाचन गर्न महासमिति सदस्यहरूले तालीसमेत बजाएका थिए।
उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र प्रवक्ता समेत रहेका प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव पेस गरेका छन्। त्यस्तै लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गरिसकेका छन्।
पढ्नुहोस् गगन थापाले महासमितिमा पेस गरेको सांगठनिक प्रस्तावको पूर्णपाठ