राजनीति
विप्लव बने समाजवादी मोर्चाको संयोजक
काठमाडौं– समाजवादी मोर्चाको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन्। यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए।
आइतबार बिहान बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। समाजवादी मोर्चा गत असारमा गठन भएको हो । त्यसबेला तीन/तीन महिनामा चक्रीय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने सहमति भएको थियो । आजको बैठकले बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय पनि गरेको छ।
अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भइरहेको गुरुङले बताए।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० ११:१७