News Griha :: न्यूजगृह
नेकपा एकीकृत समाजवादीका नेतालाई नयाँ जिम्मेवारी, कसले के पाए?

काठमाडौं– नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ । 

सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौँको जिम्मेवारी प्रदान गरिएको हो । 

केन्द्रीय नेताहरू ध्रुव विष्टलाई भक्तपुर, शिव देउजालाई काभ्रेपलाञ्चोक, भगवती नेपाललाई सिन्धुपाल्चोकको जिम्मेवारी दिइएको छ। 

त्यस्तै शिव भण्डारीलाई दोलखा, देवशङ्कर पौडेललाई रामेछाप, गङ्गा नेपाललाई सिन्धुलीको जिम्मेवारी दिइएको छ। 

ललित बस्नेतले मकवानपुरको जिम्मेवारी पाएका छन् भने चितवनको जिम्मेवारी केशवलाल श्रेष्ठलाई प्रदान गरिएको छ। त्यस्तै राजेन्द्र लोहनीलाई नुवाकोट, साङ्गेतेम्बा लामालाई रसुवाको जिम्मेवारी तोकिएको कमिटी अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य सावित्रा भुसालले जानकारी दिइन। 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १२:१६
Weather Update