News Griha :: न्यूजगृह
माओवादी केन्द्रको विधान अधिवेशनमा आज सात समूहले सुझाव पेस गर्ने
विधान अधिवेशनमा अध्यक्षको सम्बोधन।

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन काठमाडौंमा जारी छ। 

जारी अधिवेशनमा विधानमाथि सुझाव पेस गर्न गठन गरिएका समूहको सुझाव संकलनको कार्य जारी छ। आजको अधिवेशनमा सात समूहले सुझाव पेस गर्ने छन्। बुधबार १३ समूहले सुझाव पेस गरिसकेका छन्। 

सुझाव पेस गर्ने क्रममा अधिकांशले महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने सुझाव दिएका छन्। 

पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने जोड प्रतिनिधिको छ। 

आजको बैठक बिहान ११ बजेदेखि कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन हुनेछ। 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०६:५७
Weather Update