News Griha :: न्यूजगृह
एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटीको तयारी एजेण्डा

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आजलाई बोलाइएको छ। 

बैठक दिउँसो तीन बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ। आजको बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल हुने पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो।
 
नेताहरूका अनुसार फागुनको दोस्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०८:५३
Weather Update