News Griha :: न्यूजगृह
आज गण्डकी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा
फाइल तस्बिर

कास्की– गण्डकी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदै छ।  

नयाँ संविधान जारी भएपछि विसं २०७४ मंसिरमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएर प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको दिनलाई सरकारको स्थापना दिवसका रुपमा मनाउने गरिएको छ। 

स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायतका कार्यक्रम गर्दै आएको छ।
 
स्थापना दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ । 

प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण ढकालले जानकारी दिए। 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०७:५४
Weather Update