बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति, यस्ता छन् नेसपाका निर्णयहरु शुक्रबार, वैशाख ७, २०८१

झलनाथको दाबी– वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन शुक्रबार, वैशाख ७, २०८१ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन नहुने दाबी गरेका छन्।

गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय शुक्रबार, वैशाख ७, २०८१ आज बस्ने गण्डकी प्रदेश सभाको बैठक नेपाली कांग्रेसले बहिस्कार गर्ने भएको छ। आज बसेको गण्डकी प्रदेश नेपाली कांग्रेस संंसदीय दलको बैठकले प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो।

जसपा सांसद खानले लिइन् शपथ शुक्रबार, वैशाख ७, २०८१ जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्।शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथ गराएका हुन्।

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रञ्जिता पक्षका दुई सांसद पनि दुई तिर शुक्रबार, वैशाख ७, २०८१ सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई बिहीबार साँझ नै भौतिक मन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति नै शपथ ग्रहण गराए।प्रदेशमा नाउपाका सात सांसद छन्। तीमध्ये अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षमा कैलाश...

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै शुक्रबार, वैशाख ७, २०८१ नेकपा एकीकृत समाजवादीले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको संगठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ।

सुदूरपश्चिमः मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्टै अल्पमतमा परे सोडारी शुक्रबार, वैशाख ७, २०८१ सुदूपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकिकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी सपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन्। नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ खेमाका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा परेका हुन्।
-1713504166.jpg)
कम्युनिस्ट पार्टीको स्थापना दिवसमा अतिथि बन्न देउवालाई एमालेको निमन्त्रणा शुक्रबार, वैशाख ७, २०८१ नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसको अवसरमा एमालेले गर्न लागेको भब्य समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरिएको छ।
-1713346023.jpg)
गण्डकी प्रदेश सभा बैठक आज, कांग्रेसले बहिस्कार गर्ने शुक्रबार, वैशाख ७, २०८१ गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ। दिउँसो ३ बजे गण्डकी प्रदेश सभाको बैठक बस्न लागेको हो। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने भएको छ।

राज्य व्यवस्था समितिको बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने शुक्रबार, वैशाख ७, २०८१ संघीय संसद अन्तर्गतको एक समितिको बैठक शुक्रबार बस्दै छ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ बिहीबार, वैशाख ६, २०८१ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नाउपाका (रेशम चौधरी पक्ष) पाँचजना सांसदहरूले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन्। उनीहरूले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सोडारीलाई आफ्नो समर्थन नरहेको बताएका हुन्।

सत्ता समीकरणमा कुनै समस्या छैन: गृहमन्त्री लामिछाने बिहीबार, वैशाख ६, २०८१ गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरागर्दै सामान्य छलफल भएको र समीकरणमा कुनै समस्या नरहेको बताएका हुन्।

माधव नेपालको विद्रोहको प्रयासपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा बिहीबार, वैशाख ६, २०८१ सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेको विषय मिडियामा चर्चा भएपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा जुटेको बताइएको छ।