News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गण्डकी प्रदेश सभा बैठक आज, कांग्रेसले बहिस्कार गर्ने  

काठमाडौं— गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ। दिउँसो ३ बजे गण्डकी प्रदेश सभाको बैठक बस्न लागेको हो। 

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने भएको छ।

Prabhu Bank

सर्वोच्च अदालतले नै गण्डकी सरकारलाई दीर्घकालिन रुपमा असर गर्ने काम नगर्नु भनेर आदेश दिएको सन्दर्भमा बोलाइएको बैठक बहिस्कार गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले न्यूजगृहलाई जानकारी दिए। 

उनका अनुसार सो विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दैछ।

‘अहिले ११ बजे हामी संसदीय दलको बैठक बस्दैछौँ। बैठकमा मुख्यतः आज बस्न लागेको प्रदेश सभा बैठक बहिस्कार गर्ने विषयमा नै केन्द्रीत रहेर छलफल हुनेछ,’ उनले भने। 

यसअघि प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभा बैठक आह्वान गरेपछि नेपाली कांग्रेसले विरोध जनाएको थियो। 

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउँदा सभामुखको समेत समर्थन रहेको भन्दै नेपाली कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको थियो। सर्वोच्चले मुद्दाको टुंगो नलाग्दासम्म दीर्घकालिन महत्व राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:३२
Weather Update