कोशी प्रदेश सभा बैठक आज, मुख्यमन्त्री कार्कीले राजीनामा देलान्?बिहीबार, वैशाख ६, २०८१

कोशीमा राजनीतिक अन्यौलता बढ्दै बुधबार, वैशाख ५, २०८१ कोशी प्रदेशमा राजनीतिक अन्यौलता बढिरहेको छ। मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन माओवादी केन्द्र र एमालेले फिर्ता लिएपछि बढेको राजनीतिक अन्यौलताले निकास पाउने अहिलेसम्म देखिएको छैन।मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने दाबी गर्दै आफूलाई हटाउने प्रावधान संविधानमै नभएको दाबी गर्दै आएका छन्। त्यस्तै अर्कोतर्फ एमाले र माओवादी...

सर्वोच्चको आदेश विपरित किन जाँदै छ गण्डकीमा एमाले? बुधबार, वैशाख ५, २०८१ गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ। बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ। उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले वैशाख १० गते पूर्ण सुनुवाइ गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

एकीकृत समाजवादीको महाधिवेशन सर्यो, असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने बुधबार, वैशाख ५, २०८१ नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ। बुधबार बसेको सचिवालय बैठकले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता बुधबार, वैशाख ५, २०८१ भेटवार्तामा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

निराशा र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्छ: गगन थापा बुधबार, वैशाख ५, २०८१ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपालीहरु विस्तारै आफ्नो अस्तित्व र प्रतिष्ठासँग भाग्न थालेका टिप्पणी गरेका छन्। निराशा चिर्न र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने समय आएको उनले बताए।

गण्डकी प्रदेश सभा बैठक बोलाइएकोप्रति कांग्रेस असन्तुष्ट, दियो यस्तो चेतावनी बुधबार, वैशाख ५, २०८१ गण्डकी प्रदेश सभाको बैठक आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सर्वोच्च अदालतले वर्तमान खगराज अधिकारी नेतृत्वको सरकारलाई मुद्दाको टुंगो नलाग्दासम्मका लागि दीर्घकालिन असर पर्ने काम नगर्न यसअघि नै आदेश दिएको छ। तर अदालतको बेवास्ता गर्दै गण्डकी प्रदेश सरकारले बैठक आह्वान गरेको भन्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज...
-1713346023.jpg)
गण्डकी प्रदेश सभाको बैठक आह्वान बुधबार, वैशाख ५, २०८१ गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभा बैठक आह्वान गरेका हुन्।

सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय बुधबार, वैशाख ५, २०८१ नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अघि बढाउने निर्णय गरेको छ। आज बसेको पार्टीको सचिवालय बैठकले एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

कोशीमा मुख्यमन्त्री कार्कीको जिकिरः संकल्प प्रस्ताव संविधान विपरित बुधबार, वैशाख ५, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपक्षी दलले प्रदेश सभा सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव संविधान विपरित रहेको दाबी गरेका छन्। गत वैशाख ३ गते नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्र्ने सन्दर्भमा संकल्प प्रस्ताव दर्ता गराएका थिए। सोही सन्दर्भमा मुख्यमन्त्री कार्र्कीले सभामुख अम्बरबहादुर विष्टलाई पत्र पठाउँदै उक्त प्रस्ताव...

सुदूरपश्चिममा फेरि लफडा, एकीकृत समाजवादीका सोडारीलाई एमालेको अस्वीकार! बुधबार, वैशाख ५, २०८१ सरकार गठनलाई लिएर सुदूरपश्चिममा फेरी लफडा भएको छ। केन्द्रमा सत्ता गठनबन्धनबीच सुदूरपश्चिममा मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो। सहमतिसँगै एकीकृत समाजवादीले दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गर्या। तर सत्ता गठबन्धन घटक नेकपा एमालेले सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेको छ। यसले पुनः सुदूरपश्चिमको राजनीति तरंगित बनेको हो।सोडारी एकीकृत समाजवादी...

नेकपा एसका सबै जिल्ला कमिटीले प्रगति विवरण केन्द्रलाई बुझायो बुधबार, वैशाख ५, २०८१ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सबै जिल्ला कमिटीले सांगठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ। पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न मातहतका जिल्ला कमिटीले वडादेखि सम्बन्धित कमिटीको अधिवेशन, सञ्चालन गरेका संगठन सुदृढीकरण तथा सदस्य विस्तार, प्रशिक्षणलगायतका प्रगतिको विवरणको प्रतिवेदन केन्द्रमा पठाएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले पठायो मतपत्र बुधबार, वैशाख ५, २०८१ आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतपत्र पठाइएको छ। निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले न्यूजगृहलाई जानकारी दिए।