News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उपनिर्वाचनका लागि निर्वाचन आयोगले पठायो मतपत्र 

काठमाडौं—आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतपत्र पठाइएको छ। 

निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले न्यूजगृहलाई जानकारी दिए। 

Prabhu Bank

‘आज हामीले मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पुग्नेगरी पठाएका छौँ।’ प्रवक्ता पौडेलले न्यूजगृहसँग भने। 

इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेशसभा (१) मा उपनिर्वाचन हुन लागेको हो। 

त्यसैगरी दुवै क्षेत्रमा उपनिर्वाचनलाई सौहार्द बनाउने गरी तयारी भइरहेको उनले बताए। 

गत चैत २८ गतेबाट दुवै क्षेत्रमा आचारसंहिता लागू भइसकेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:५६
Weather Update