News Griha :: न्यूजगृह
शिक्षामन्त्री श्रेष्ठले भनिन्– नियुक्तिमा म र मेरो पार्टीबाट हस्तक्षेप हुँदैन 
शिक्षामन्त्री श्रेष्ठले भनिन्– नियुक्तिमा म र मेरो पार्टीबाट हस्तक्षेप हुँदैन  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन सहकुलपति(मन्त्री) भएपनि हस्तक्षेप नगर्ने बताएकी छिन्। मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिँदै मन्त्री श्रेष्ठले आफू र आफ्नो पार्टी तर्फबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै अरुबाट भएको छ भने पनि कारबाही गर्ने बताएकी छिन्।
माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय
माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताका लागि मोडालिटी तयार गर्ने निर्णय भएको छ। दुई पार्टीको एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय गरेको हो। 
इलाम–२ मा दुई तेस्रो लिङ्गीसहित ५ सय ४७ मतदाता थपिए
इलाम–२ मा दुई तेस्रो लिङ्गीसहित ५ सय ४७ मतदाता थपिए आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन्।
नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ  सदस्य 
नेकपा एसमा थपिए एक लाख २० हजार नयाँ  सदस्य  संगठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। 
झलनाथको दाबी— प्रधानमन्त्रीसँग सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भयो   
झलनाथको दाबी— प्रधानमन्त्रीसँग सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भयो    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पद सुरुमै आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री प्रचण्ड सहमत भएको दाबी गरेका छन्।मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि प्रतिक्रिया दिँदै खनालले उक्त दाबी गरेका हुन्।  त्यसो त सत्ता गठबन्धनको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई मुख्यमन्त्री दिइसकिएको छ। तर नाउपा...
सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता यसअघि केन्द्रमा नयाँ समीकरण बनाउँदा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो। तर आइतबार सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने निष्कर्षमा समीकरणका प्रमुख नेताहरू प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल झस्किएका हुन्। उनले यसअघिको सहमति पालना नगरेको र आफूहरूलाई...
चौथो पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव
चौथो पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ।केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस सरकारबाट गत चैत ५ गते नेपाली कांग्रेस बाहिरिएको थियो भने नेकपा एमाले सहभागी भएको थियो।
कोशीमा मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव दर्ता
कोशीमा मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव दर्ता कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले सोमवार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन्। प्रदेश सभामा यी दुई दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका छन्।
नाउपाबाट नेपाल सद्‌भावना पार्टी छुट्टियो
नाउपाबाट नेपाल सद्‌भावना पार्टी छुट्टियो दुई पार्टीबीच भएको सहमति पूरा नगरेको र श्रीमान् र श्रीमतीको विवादका कारण देश र जनताको लागि पार्टी सञ्चालन हुन नसकेको भन्दै नाउपाबाट नेपाल सद्‌भावना पार्टी अलग भएको हो। 
डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग 
डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग  राप्रपाले चैत २७ गतेको काठमाडौं केन्द्रित प्रदर्शनका क्रममा प्रहरीको दमनबाट घाइते भइ छाउनी अस्पतालमा उपचाररत डाँगीको निधनले स्तब्ध भएका उल्लेख गर्दै उनको निधनले पार्टीलाई ठुलो क्षति भएको बताएको छ।
नेताहरू नै बेइमान छन्, अब सोच्ने बेला भयो : पूर्वउपराष्ट्रपति झा
नेताहरू नै बेइमान छन्, अब सोच्ने बेला भयो : पूर्वउपराष्ट्रपति झा पूर्वउपराष्ट्रपति परमानन्द झाले सरकारमा रहेका नेताहरूले बेइमान काम गरिरहेको आरोप लगाएका छन्। काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले सरकारी ढुकुटी दुरुपयोग गर्ने प्रवृत्ति सुरुदेखि नै रहेका नेताहरूले अब जनताले जम्मा गरेको रकममाथि आँखा लगाएर सहकारी ठगी जस्ता बेइमानी काम गरिरहेको बताए।
आयोजना बैंकबाट योजना छनोट गरी बजेट विनियोजन गर्छौँः मुख्यमन्त्री जम्कट्टेल
आयोजना बैंकबाट योजना छनोट गरी बजेट विनियोजन गर्छौँः मुख्यमन्त्री जम्कट्टेल आन्तरिक तयारी र व्यवस्थापनसहित आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमार्फत सार्वजनिक गर्न, बजेट तर्जुमा गर्दा प्राप्त सिलिङभित्र प्राथमिकताका आधारमा बजेट प्रस्ताव गरिने उनको भनाइ छ। ठूला योजनाहरु प्रदेशका गौरवका आयोजनाहरुको विस्तृत अध्ययन गरी आयोजना बैंकको सूचना प्रणालीमा प्रविष्ट गराई प्राथमिकता क्रमका आधारमा बजेट बिनियोजन गरिने उनले बताए।  
Weather Update