News Griha :: न्यूजगृह
नाउपाबाट नेपाल सद्‌भावना पार्टी छुट्टियो

काठमाडौं— नेपाल सद्‌भावना पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट अलग भएको छ।

नेपाल सद्‌भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोद्वारा जारी विज्ञप्ति अनुसार नाउपा व्यक्तिगत स्वार्थ पूरा गर्न तर्फ अग्रसर भएको समेत उल्लेख छ।

दुई पार्टीबीच भएको सहमति पूरा नगरेको र श्रीमान् र श्रीमतीको विवादका कारण देश र जनताको लागि पार्टी सञ्चालन हुन नसकेको भन्दै नाउपाबाट नेपाल सद्‌भावना पार्टी अलग भएको हो।  

नाउपा र नेपाल सद्‌भावना पार्टीबीच गत भदौ १४ गते एकीकरण गर्ने सम्झौता भएको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १९:२०
Weather Update