News Griha :: न्यूजगृह
पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई नाउपाको समर्थन नरहेको पत्र 
पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई नाउपाको समर्थन नरहेको पत्र  प्रदेश प्रमुख नजिर मियाँलाई एक पत्र बुझाउदै नाउपाका पाँच सांसदले आफूहरूको सोडारीलाई समर्थन नरहेको जानकारी गराएका हुन्। पत्रमा उनीहरूले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नाउपाका कैलाश चौधरी र टिका थापाको हस्ताक्षर प्रयोग गरेको बन्दै यो गैरसंवैधानिक, गैरकानुनी भएको स्पष्ट गरेका छन्। 
लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ 
लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ  लुम्बिनी प्रदेश सभाका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन समक्ष नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्।  लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज ७ जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए। 
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त 
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता  दीर्घ सोडारी नियुक्त भएका छन्। केहीबेरअघि दाबी पेस गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मिँयाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।  सोडारीले उनको दल एकीकृत समाजवादीसहित एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
मधेस प्रदेशका नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ 
मधेस प्रदेशका नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ  मधेस प्रदेशका नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार माओवादी केन्द्रका मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेली मन्त्री र नेकपा एमालेकी सारथा थापा राज्यमन्त्रीमा नियुक्त भएका थिए। 
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस 
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस  लामो रस्साकस्सीपछि सुदूरपश्चिमका मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन्। केहीबेरअघि सोडारीले उनको दल एकीकृत समाजवादी, नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीसहितको समर्थनमा प्रदेश प्रमुख नजिर मिँयासमक्ष दाबी पेस गरेका हुन्।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई हटाउन संकल्प प्रस्ताव पेस  
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई हटाउन संकल्प प्रस्ताव पेस   कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउने प्रयोजनका लागि संकल्प प्रस्ताव पेस गरिएको छ। आज बसेको प्रदेश सभा बैठकमा नेकपा एमाले र माओवादी केन्द्रले परिमार्जित संकल्प प्रस्ताव पेस गरेका हुन्।
लुम्बिनीमा मुख्यमन्त्री महराले गरे मन्त्रिपरिषद् विस्तार 
लुम्बिनीमा मुख्यमन्त्री महराले गरे मन्त्रिपरिषद् विस्तार  म्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्। मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना बिनाविभागीयमन्त्री नियुक्त गरेका हुन्। 
महालेखा परीक्षकमा राय नियुक्त, राष्ट्रिय सभा सदस्यमा डा.शाक्य मनोनीत
महालेखा परीक्षकमा राय नियुक्त, राष्ट्रिय सभा सदस्यमा डा.शाक्य मनोनीत बुधबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन कांग्रेस सकारात्मक 
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन कांग्रेस सकारात्मक  नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन सकारात्मक देखिएको छ। बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कांग्रेस नेता डा.नारायण खड्का निवासमा भएको भेटवार्तापछि मुख्यमन्त्रीमा कांग्रेसले एकीकृत समाजवादीलाई सघाउन तयार रहेको कांग्रेस निकट स्रोतले जनाएको छ।
देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक, के विषयमा हुँदैछ छलफल ? 
देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक, के विषयमा हुँदैछ छलफल ?  नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्।बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन्।  
देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग
देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको अर्थपूर्ण भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ। देउवा र नेपालबीच बुधबार साँझ काठमाडौं गोल्फुटारस्थित कांग्रेसका नेताको घरमा भेटघाट भएको हो।सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ। एमालेले अस्वीकार गरेपनि एकीकृत...
सुदूरपश्चिम: मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन, एमाले अझै पर्ख र हेरमा
सुदूरपश्चिम: मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन, एमाले अझै पर्ख र हेरमा सोडारी एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पनि हुन्। तर एमालेले भने सोडारी विवादित व्यक्ति भएको भन्दै उनको विकल्प खोज्न भनेको छ। सोडारीविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा विचाराधीन रहेको एमालेको दाबी छ। त्यस्तै मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै एमालेले उनको विकल्प खोज्ने अडान लिएको हो। एकीकृत समाजवादीले...
Weather Update