News Griha :: न्यूजगृह
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त 

काठमाडौं— सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता  दीर्घ सोडारी नियुक्त भएका छन्।

केहीबेरअघि दाबी पेस गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मिँयाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

 सोडारीले उनको दल एकीकृत समाजवादीसहित एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

नवनियुक्त मुख्यमन्त्री सोडारीले आजै शपथ लिनेछन्। 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:५३
Weather Update