News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मधेस प्रदेशका नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ 

काठमाडौं— मधेस प्रदेशका नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। 

बिहीबार माओवादी केन्द्रका मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेली मन्त्री र नेकपा एमालेकी सारथा थापा राज्यमन्त्रीमा नियुक्त भएका थिए। 

Prabhu Bank

केहीबेरअघि तीन मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथग्रहण गराएका हुन्। 

माओवादीबाट मन्त्री भएका साह र एकीकृत समाजवादीबाट मन्त्री बनेकी लुंगेलीको मन्त्रालय तोकिएको छैन। यसअघि माओवादीले नै नेतृत्व गरेको उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी माओवादीकै भट्टरार्ईलाई दिइएको छ।

त्यस्तै वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवले नै लिएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:२५
Weather Update