News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस 

काठमाडौं—लामो रस्साकस्सीपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन्। 

केहीबेरअघि सोडारीले उनको दल एकीकृत समाजवादी, नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीसहितको समर्थनमा प्रदेश प्रमुख नजिर मिँयासमक्ष दाबी पेस गरेका हुन्।

Prabhu Bank

यद्यपि नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाश चौधरी यानेकी रेशम चौधरी पक्षका प्रदेश सभा सदस्यहरुको समर्थन रहे पनि समर्थनपत्रमा भने नाउपाका सातै जनाको नाम उल्लेख गरिएको छ। 

यसअघि नाउपाबाट मुख्यमन्त्रीमा दाबी पेस भएका दुवै पक्षको दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुख मिँयाले आज साँझ ५ बजेसम्मका लागि समय दिएका थिए।

केन्द्रीय राजनीतिमा खटपट आउने भएसँगै एमाले माओवादीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएका हुन्। यसअघि लामो समयसम्म एमालेले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने विषयमा सकारात्मक नभए पनि अन्तिम अवस्थामा समर्थन दिएपछि सोडारीलाई समर्थन गरेको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:३४
Weather Update