News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लुम्बिनीमा मुख्यमन्त्री महराले गरे मन्त्रिपरिषद् विस्तार 

घोराही— लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्। मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना बिनाविभागीयमन्त्री नियुक्त गरेका हुन्। 

एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहेका छन् भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत बिनाविभागीय मन्त्री नियुक्त भएका छन्। 

Prabhu Bank

मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन जना बिनाविभागीय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन्। 

आज विस्तार गरिएको मन्त्रिमण्डलसँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ। आज नियुक्त भएका बिनाविभागीय मन्त्रीहरुको शपथग्रहण आजै गराउने तयारी भएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १५:२१
Weather Update