लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-1713442856.jpg)
काठमाडौं— लुम्बिनी प्रदेश सभाका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन समक्ष नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन्।
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज ७ जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए।
मुख्यमन्त्री महराले एमालेबाट दिनेश पन्थी,अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी,स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादी पार्टीबाट भगवती अधिकारीलाई मन्त्री नियुक्त गरेका थिए।
यसअघि ४ सदस्यीय मन्त्रिमण्डल रहेकोमा आजबाट ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ १८:०६