गण्डकी प्रदेश सभाको बैठक आह्वान
-1713346023.jpg)
पोखरा— गण्डकी प्रदेश सभाको बैठक आह्वान भएको छ।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभा बैठक आह्वान गरेका हुन्।
गण्डकी प्रदेश मन्त्रिपरिषद्ले वैशाख ७ गते शुक्रबार बैठक आह्वान गर्न सिफारिस गरेको थियो।
सो सिफारिसको आधारमा प्रदेश प्रमुख भट्टले शुक्रबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन्।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१ १५:१२