News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुदूरपश्चिममा फेरि लफडा, एकीकृत समाजवादीका सोडारीलाई एमालेको अस्वीकार!

काठमाडौं— सरकार गठनलाई लिएर सुदूरपश्चिममा फेरी लफडा भएको छ। केन्द्रमा सत्ता गठनबन्धनबीच सुदूरपश्चिममा मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो। सहमतिसँगै एकीकृत समाजवादीले दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गर्या। तर सत्ता गठबन्धन घटक नेकपा एमालेले सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेको छ। यसले पुनः सुदूरपश्चिमको राजनीति तरंगित बनेको हो।

सोडारी एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पनि हुन्। तर एमालेले भने सोडारी विवादित व्यक्ति भएको भन्दै उनको विकल्प खोज्न भनेको छ। त्यसैले  सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको हो। सोडारीविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा विचाराधीन रहेको एमालेको दाबी छ। त्यस्तै मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै एमालेले उनको विकल्प खोज्ने अडान लिएको हो।  

Prabhu Bank

एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरू केन्द्रमा छलफलमा जुटेका छन्। एमालेले सोडारी बाहेक जो भएपनि पार्टीलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई पठाएको छ। एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका सोडारी छलफलमा जुटेका छन्। 

‘एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति केन्द्रमा भइसकेको छ। उहाँ (सोडारी) विवादीत व्यक्ति हो उहाँलाई मुख्यमन्त्रीमा समर्थन गर्न सकिन्न भनेर हामीले एकीकृत समाजवादीलाई भनेका छौं। उहाँहरूले अर्को व्यक्तिलाई मुख्यमन्त्रीमा उठाए हामी समर्थन गछौँ,’ एमाले स्रोतले भन्यो।  

मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख नजिर मियाँले भोलि बेलुका ५ बजेसम्मको समय दिएका छन्। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले दाबी पेस गरेका थिए। तर मंगलबार प्रदेश प्रमुख मियाँले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:०६
Weather Update