News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं— नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अघि बढाउने निर्णय गरेको छ। 

आज बसेको पार्टीको सचिवालय बैठकले एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। 

Prabhu Bank

यसअघि सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट दुई जनाको मुख्यमन्त्रीमा परेको दाबी खारेज भएपछि सरकारको नेतृत्वका लागि एकीकृत समाजवादी अघि बढेको हो।

केन्द्रीय सत्ता गठबन्धनमा संकट आएपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने संकेत गरेका थिए। 

यता सत्ता साझेदार दल एमालेले भने सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिनेबारे कुनै धारणा सार्वजनिक गरेको छैन। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:०१
Weather Update