News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं— नेकपा एकीकृत समाजवादीले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको संगठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ। 

पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस्यता एवं नवीकरणका सबै प्रक्रियाको प्रमाणीकरण गर्न लागिएको महासचिव घनश्याम भुसालले जानकारी दिए। उनका अनुसार पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ। 

Prabhu Bank

महासचिव भुसालले भने, ‘१५ गतेपछि प्रदान गरिएका र नवीकरण गरिएका संगठित सदस्यलाई आसन्न १०औँ महाधिवेशनका लागि समावेश गरिने छैन।’ 

पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको समयसीमा अगावै सिफारिस गरेका नामावलीलाई पार्टी केन्द्रीय संगठन विभागले यही वैशाख ३० गतेसम्म प्रमाणीकरण गरी सम्बन्धित निकायमा विवरण पठाउने उनले जानकारी दिए। 

सोही प्रमाणीकरणका आधारमा प्रतिनिधि चयन गरिने छ। सबै कमिटीले सम्बन्धित नेताहरूको संगठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्यांकनका आधारमा प्रतिनिधिको सिफारिस गर्नेछन्।

समीकरणमा आएको परिवर्तन, आन्तरिक तयारीको कमी, आसन्न उपनिर्वाचनलगायत कारणले महाधिवेशन सरेको भन्दै महासचिव भुसालले पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:०४
Weather Update