News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सत्ता समीकरणमा कुनै समस्या छैन: गृहमन्त्री लामिछाने

काठमाडौं— गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरागर्दै सामान्य छलफल भएको र समीकरणमा कुनै समस्या नरहेको बताएका हुन्।

Prabhu Bank

प्रदेशमा आफूहरूको सहभागिता नरहेकोले आफ्नो चासोको विषय नभएको बताउँदै सुदूरपश्चिमको विषय मिलिसकेको उनले बताए। सहमतिमा गएको विषयमा व्यक्तिको विषयमा केही कुरा उठेका बताउँदै प्रदेशको विवादले केन्द्रमा कुनै विवाद नरहेको बताए।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको विषयमा कुनै छलफल नभएको उनले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २०:०६
Weather Update