News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  आजको बैठकमा भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुनेछ।
एमालेले आज हीरक जयन्ती मनाउने, पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरवको सम्मान गरिदै
एमालेले आज हीरक जयन्ती मनाउने, पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरवको सम्मान गरिदै सो हीरक जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि विशेष वक्ताको रूपमा आमन्त्रण गरिएको छ । 
सत्ता सहकार्यलाई कमजोर पार्ने काम नगर्न एमालेको आग्रह
सत्ता सहकार्यलाई कमजोर पार्ने काम नगर्न एमालेको आग्रह बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव पोखरेलको साङ्गठनिक, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ।  
सुदूरपश्चिम मुख्यमन्त्री नियुक्तिविरुद्ध नाउपाका लक्ष्मणकिशोर सर्वोच्चमा, सोमबार पेसी
सुदूरपश्चिम मुख्यमन्त्री नियुक्तिविरुद्ध नाउपाका लक्ष्मणकिशोर सर्वोच्चमा, सोमबार पेसी सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नयुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका हुन्।नाउपाका लक्ष्मणकिशोरले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै रिट दायर गरेका...
यी हुन् लेखापरीक्षण प्रतिवेदन नबुझाउने पार्टी, आयोगले दियो ७ दिने अल्टिमेटम 
यी हुन् लेखापरीक्षण प्रतिवेदन नबुझाउने पार्टी, आयोगले दियो ७ दिने अल्टिमेटम  निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई  स्पष्टीकरण सोधेको छ। आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ। साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश गरेको छ।
एमाले बैठकः अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड
एमाले बैठकः अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड नेपाल कम्युनिष्ट पार्टी एमालेको ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ।
राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा  
राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा   राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएकी छिन्। घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका सबै जिम्मेवारीबाट आफू अलग भएको घोषणा गरेकी हुन्।  
तत्काल वामपन्थी एकता हुँदैनः प्रधानमन्त्री प्रचण्ड 
तत्काल वामपन्थी एकता हुँदैनः प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताएका छन्। आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन्।
लुम्बिनी सरकारबाट बाहिरियो जसपा
लुम्बिनी सरकारबाट बाहिरियो जसपा ८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद रहेका छन्। मुख्यमन्त्री जोखबहादुर महराले चैत्र ३० गते विश्वासको मत लिँदा ४८ मत पाएका थिए। जसपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। सर्मथन फिर्ता लिएमा भने सरकार अल्पमतमा पर्ने देखिन्छ। 
प्रधानमन्त्री प्रचण्डको दाबी: यो समीकरण पूरै कार्यकाल जान्छ 
प्रधानमन्त्री प्रचण्डको दाबी: यो समीकरण पूरै कार्यकाल जान्छ  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरण पूरै कार्यकाल अघि बढ्ने दाबी गरेका छन्। आइतबार कैलालीको धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
पद्मा अर्याललाई हरुवा भन्दै हरिनास गाउँपालिकाका अध्यक्ष मानन्धरले दिए राजीनामा 
पद्मा अर्याललाई हरुवा भन्दै हरिनास गाउँपालिकाका अध्यक्ष मानन्धरले दिए राजीनामा  स्याङ्जाको हरिनास गाउँपालिकाका प्रमुख खिमनारायण मानन्धरले पदबाट राजीनामा दिएका छन्। एमाले नगर कमिटीका अध्यक्ष समेत रहेका प्रमुख मानन्धरले पार्टी कमिटी अध्यक्ष र गाउँपालिका प्रमुखबाट राजीनामा दिएका हुन्। 
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकः ६ समूहमा छलफल सुरु
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकः ६ समूहमा छलफल सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज ६ वटा समूहमा छलफल सुरु भएको छ।
Weather Update