-1713682070.jpg)
काठमाडौं— स्याङ्जाको हरिनास गाउँपालिकाका प्रमुख खिमनारायण मानन्धरले पदबाट राजीनामा दिएका छन्।
एमाले नगर कमिटीका अध्यक्ष समेत रहेका प्रमुख मानन्धरले पार्टी कमिटी अध्यक्ष र गाउँपालिका प्रमुखबाट राजीनामा दिएका हुन्।
हालै सम्पन्न एमालेको ९औँ जिल्ला अधिवेशनमा नेताको आफ्ना मान्छेलाई जिताइएको भन्दै सामाजिक सञ्जालमा आक्रोश समेत व्यक्त गरेका छन्।
एमाले नेतृ पद्मा अर्याल र नेता नारायण मरासिनीले यसअघि विभिन्न निर्वाचनमा हार व्यहोरेका व्यक्तिहरुलाई नै जिल्ला कमिटीमा ल्याएको भन्दै आफू पदमा बस्न उचित नरहेको भन्दै राजीनामा दिएको घोषणा गरेका हुन्।
‘...७४ को चुनावपछि १ हजार जतिलाई पार्टी प्रवेश गराएर दोस्रो पटक चुनावमा गठबन्धनलाई पराजित गरि २ पटक जितको म जस्ता ठेट्नाहरुको पार्टीमा कुनै स्थान र मूल्यांकन नरहेको कारणले यो पार्टीमा बसिरहन मनले मानेन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तमा एमाले हरिनास गाउँ कमिटीका अध्यक्ष पदबाट र स्थानीय सरकार हरिनास गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएको यही फेसबुक पोस्टबाट जानकारी गराउँदछु।’