तत्काल वामपन्थी एकता हुँदैनः प्रधानमन्त्री प्रचण्ड

धनगढी— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताएका छन्।
आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन्।
उनले भने, ‘अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ। राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ। त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुन सक्छ।’

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ १४:०९













