लोकतन्त्र दिवसबारे सभामुख– व्यवस्था परिवर्तन भयो, नागरिकको अवस्था परिवर्तन भएनमंगलबार, वैशाख ११, २०८१

कतारका राजालाई स्वागत गर्न सरकारले सार्वजनिक बिदा दिएपछि सर्वत्र विरोध, के भन्छन् गृहमन्त्री? मंगलबार, वैशाख ११, २०८१ कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न मंगलबार सार्वजनिक बिदा दिएको छ। यो निर्णय विवादित बनेको छ। सामाजिक सञ्जालमा धेरैले सार्वजनिक बिदाको औचित्यमा प्रश्न उठाएका छन्। आम नागरिकको प्रश्नपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रष्टिकरण दिएका छन्।

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक मंगलबार, वैशाख ११, २०८१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ।महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।

कतार राजाको सुरक्षा तीन तारे जर्नेलको कमान्डमा, विमानस्थल आधा घण्टा ठप्प पारिने मंगलबार, वैशाख ११, २०८१ कतार आमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी (तीन तारे जर्नेल) अशोक सिग्देलको कमान्डमा हुने भएको छ। मङ्गलबारदेखि हुने दुई दिने भ्रमणमा आमिरको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ। सेनाको कमान्ड र समन्वयमा चारवटै सुरक्षा निकाय परिचालन हुनेछन्। अति विशिष्ट पाहुनाको सुरक्षाका लागि योजना...

यस्तो छ कतारका राजाको नेपाल भ्रमण तालिका मंगलबार, वैशाख ११, २०८१ कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणका लागि नेपालमा उच्च तयारी गरिएको छ। मंगलबार उनी नेपालको औपचारिक भ्रमणमा आउँदैछन्।उनको भ्रमणलाई सफल बनाउन सरकारी संयन्त्रहरूले तयारी तीव्र पारेका छन्। मंगलबार साँझ काठमाडौं टेक्ने उनलाई सरकारले हात्ती उपहार दिनेदेखि देशैभर सार्वजनिक बिदा दिएको छ।

कतारका राजा आज नेपाल आउने, स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने मंगलबार, वैशाख ११, २०८१ कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार अपराह्न नेपाल आउँदैछन्।कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट पहिलो पटक हुन लागेको उच्चस्तरीय भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उनको भ्रमण सफल बनाउन सरकारी संयन्त्रहरूले तयारी तीव्र पारेका छन्।

आज लोकतन्त्र दिवस मंगलबार, वैशाख ११, २०८१ आज तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनतासामु घुँडा टेकेको दिन। त्यसैको सम्झनामा मंगलबार १८ औँ लोकतन्त्र दिवस मनाइँदै छ। जनआन्दोलनको बलमा २०६३ वैशाख ८ मा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरेका थिए। दोस्रो जनआन्दोलनको जगमा नेपालमा लोकतन्त्र स्थापना भएको हो।

प्रचण्ड र ओलीको एउटै स्वर- तत्काल कम्युनिष्ट एकता हुँदैन सोमबार, वैशाख १०, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन्। एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरी कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताएका हुन्।
-1713437358.jpg)
सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार सोमबार, वैशाख १०, २०८१ सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा सोमबार, वैशाख १०, २०८१ गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा परेको छ।

कतारका अमिरको स्वागतका लागि राष्ट्रपति पौडेल आफैँ विमानस्थल जाने सोमबार, वैशाख १०, २०८१ कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका सन्दर्भमा तयारी तीव्र पारिएको छ। मंगलबार साँझ कतारका राजा थानी नेपाल आउन लागेका हुन्। उनको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन्।

ओलीको टिप्पणी– एमालेका सदस्यहरु बोल्दा जिब्रो लटपटियो भने हंगामा हुन्छ सोमबार, वैशाख १०, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कोही एक जनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा हुने गरेको बताएका छन्। सोमबार नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले साढे पाँच लाख सदस्य भएको एमालेमा कोही एकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा...

सक्रिय राजनीतिमा धकेलिँदै पूर्वराष्ट्रपति भण्डारी सोमबार, वैशाख १०, २०८१ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमै रहँदा सक्रिय राजनीतिमा आउनसक्ने अडकलबाजी सुरु भइसकेको थियो। कतिपयले त भण्डारीले शीतल निवासबाटै एमालेको एउटा गुट संचालन गरिरहेको आरोप लगाउने गरेका थिए। केही हदसम्म त्यो सत्य पनि थियो।