News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रचण्ड र ओलीको एउटै स्वर- तत्काल कम्युनिष्ट एकता हुँदैन
फाइल तस्बिर।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन्।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरी कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताएका हुन्।

Prabhu Bank

प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जादा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताए।

उनले भने, 'अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ। त्यति बेला समय भन्दा गाडी दौडिएछ की जस्तो लाग्छ। अहिले सहकार्य शुरु गरेका छौं। राम्रो सहकार्य गरौँ। जनतालाई राम्रो सेवा दिऊँ। सहकार्य गर्दै जादा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ।'

त्यस्तै एमाले अध्यक्ष ओलीले पनि यसअघि भएको एकता विभाजन हुँदा ठुलो क्षति भएको र त्यो हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले अहिले सरकार सञ्चालनमा सहकार्य भएको स्पष्ट गर्दै पार्टी एकता तत्काल नहुने समेत स्पष्ट गरेका छन्।

उनले अहिले बामपन्थी मात्र मिलेर हिड्ने अवस्था नभएको भन्दै देशभक्त शक्तिहरू मिलेर राष्ट्रिय हितको पक्षमा रहेका शक्तिहरू मिलेर अगाडि बढ्नुपर्ने समय भएको बताए।

ओलीले भने, 'वामपन्थीहरू मिलेर अगाडि बढ्ने अवस्था मात्र होइन, देशभक्ति शक्तिहरू मिलेर जाने समय हो। जो देशको स्वाधीनता र स्वतन्त्रताको पक्षमा वकालत गर्छ। भ्रष्टाचारविरुद्ध लाग्छ। जनताको आकांक्षा पूरा गर्न लाग्छ। हो ती शक्तिहरू मिलेर जानुपर्छ । अहिल्यै मिल्न थाल्यौं भने किन फुट्या भनेर प्रश्न उठ्छ। अहिले सहमति र सहकार्य गरेर जाऔँ। सहकार्यको माध्यमबाट निकट हुँदै क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौँ।' 
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २०:०१
Weather Update