कर्णालीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट परियार मन्त्री बन्ने बुधबार, वैशाख १२, २०८१

कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै बुधबार, वैशाख १२, २०८१ नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ।दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका थानीलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्दै भेटवार्ता गर्न लागेका हुन्।

एमालेको ‘बार्गेनिङ’ले सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योल बुधबार, वैशाख १२, २०८१ सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ। नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको ५ दिन बितिसक्दासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। मुख्यमन्त्री नियुक्ति भएकै दिन नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्य कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ गराइएको थियो। सोही दिन मन्त्रीमा...

कर्णालीमा भागबन्डा टुङ्गियो, कसलाई कुन मन्त्रालय? मंगलबार, वैशाख ११, २०८१ कर्णाली प्रदेशमा सत्तारुढ दलहरूबीच मन्त्रालय भागबन्डा टुङ्गिएको छ। मंगलबार मुख्यमन्त्री यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबीच भएको छलफलमा मन्त्रालय भागबन्डाको विषय टुङ्गिएको हो।

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने मंगलबार, वैशाख ११, २०८१ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते (बिहीबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।त्यसका लागि मंगलबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन्। प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले बिहीबार विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिए।

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो मंगलबार, वैशाख ११, २०८१ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै यसको विकल्प कुनै पनि आवरणको अतिवाद हुन नसक्ने बताएका छन्।

लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक मंगलबार, वैशाख ११, २०८१ लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरुले जोड दिएका छन्। लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज काठमाडौंमा आयोजित युवा संवादमा उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताए।

नेपालमा राजनीतिक नेतृत्व नैतिकवान भएनः प्रदिप पौडेल मंगलबार, वैशाख ११, २०८१ नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबथोक पर्याप्त रहेको टिप्पणी गरेका छन्। लोकतन्त्र दिवसको अवसरमा मंगलबार काठमाडौंमा परिवर्तन नेपाल अभियानले आयोजना गरेको ‘लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले नेपालमा नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान नभएको...
1687253965.png)
कतारी राजा नेपाल आउँदा दिइएको सार्वजनिक बिदाप्रति राप्रपामा खुसियाली मंगलबार, वैशाख ११, २०८१ कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका विषयलाई लिएर राजतन्त्र समर्थित दलका नेताहरुले खुसी व्यक्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले थानीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।

सिंहदरबारमा प्रचण्ड–ओलीबीच भेट मंगलबार, वैशाख ११, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ।

रविलाई ज्ञानेन्द्रको सुझाव– आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस् मंगलबार, वैशाख ११, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कतारका राजा नेपाल आउँदा बिदा दिइएकोमा गृहमन्त्री रवि लामिछानेप्रति कटाक्ष गरेका छन्।

इलाम उपनिर्वाचन: रास्वपालाई सहकारीको भय, अग्निपरीक्षामा पहिचानवादी, मत जोगाउन व्यस्त एमाले–कांग्रेस मंगलबार, वैशाख ११, २०८१ इलाम–२ मा आगामी वैशाख १५ गते प्रतिनिधि सभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरू मतदाता फकाउन व्यस्त छन्। उपनिर्वाचनमा स्थानीय मुद्दा भन्दा पनि केन्द्रीय मुद्दाले प्राथमिकता पाएपछि उम्मेदवारहरूको चिन्ता बढेको छ।

सरकारले ल्याएको अध्यादेशबारे यसो भन्छन् अर्थमन्त्री पुन मंगलबार, वैशाख ११, २०८१ अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिकै आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन्। लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमत्ती नरहेको बताए।