News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्री प्रचण्डसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  
इलाम–२ मा उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा 
इलाम–२ मा उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा  शनिबार हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ। मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 
जसपा कार्यकारिणी समिति बैठक बस्दै
जसपा कार्यकारिणी समिति बैठक बस्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुक्रबार बस्दैछ।अध्यक्ष उपेन्द्र यादवले पार्टीको महाधिवेशनको विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएका हुन्। पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा महाधिवेशनको तयारीका लागि भइरहेका गतिविधिको समीक्षा र महाधिवेशनका एजेन्डाहरूमाथि छलफल हुने छ। 
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील 
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील  प्रहरीले इलाम र बझाङमा गरि ५९ अतिसंवेदनशील मतदान केन्द्रको रुपमा छुट्ट्याएको छ । इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । भने प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ। त्यस्तै बझाङमा ३२ केन्द्रलाई...
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन्।विश्वासको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १२ मत परेको थियो। त्यस्तै एक मत तटस्थ रहेको थियो। 
भीम रावलले एमाले पार्टी छोड्न लागेका हुन्? 
भीम रावलले एमाले पार्टी छोड्न लागेका हुन्?  नेकपा एमालेको पार्टी नेतृत्वले एकपछि अर्को गर्दै ‘बाइपास’ गर्दै डिलमा धकेलेपछि बिहीबार नेता भीम रावलले काठमाडौंमा पत्रकार सम्मेलन गरे। रिपोर्टस् क्लबमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै असन्तुष्टि पोखे। उनले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा...
कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो
कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ।कोशी प्रदेशसभा बैठकले मुख्यमन्त्री कार्कीलाई वैशाख ७ मा प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित गरेको थियो। उक्त संकल्प प्रस्ताव पारित भएको जानकारी प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखको कार्यालयमा पठाएको हो।
इलाम–२ मा उपनिर्वाचनका दिन यातायात बन्द, यस्तो छ अन्य तयारी  
इलाम–२ मा उपनिर्वाचनका दिन यातायात बन्द, यस्तो छ अन्य तयारी   इलाम २ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिव्रता दिएको छ। बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो।  बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको छ। त्यस्तै अन्य अत्यावश्यक सवारी साधनका लागि विशेष...
यसरी सम्भव भएको थियो कतारका राजाको नेपाल भ्रमण
यसरी सम्भव भएको थियो कतारका राजाको नेपाल भ्रमण नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण भब्य रुपमा सम्पन्न भएको जानकारी गराएका छन्। 
बाबुरामको आक्रोश– प्रचण्डले मविरुद्ध अशोभनीय हर्कत गर्दैछन्
बाबुरामको आक्रोश– प्रचण्डले मविरुद्ध अशोभनीय हर्कत गर्दैछन् नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि अशोभनीय हर्कत गरिरहेको टिप्पणी गरेका छन्। भट्टराईले आफूले लगातार चुनाव जित्दै आएको गोरखा–२ निर्वाचन क्षेत्र दिई चुनाव जिताएर निस्वार्थ सहयोग गरेपनि अहिले प्रचण्डले आफूविरुद्ध अशोभनीय हर्कत गरिरहेको बताए।
मधेस प्रदेशः शपथ खाएको एक हप्तापछि बेची लुंगेलीले पाइन् जिम्मेवारी 
मधेस प्रदेशः शपथ खाएको एक हप्तापछि बेची लुंगेलीले पाइन् जिम्मेवारी  मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी बेची लुंगेलीलाई दिइएको छ। गत वैशाख ६ गते बिना विभागीय मन्त्री बनेकी लुंगेलीलाई बुधबार मन्त्रालयको जिम्मेवारी दिइएको हो। 
बझाङमा फेरिएन उम्मेदवारका आश्वासन, मतदातालाई पुरानै ताक्लाकोट सडकको ‘ललिपप’    
बझाङमा फेरिएन उम्मेदवारका आश्वासन, मतदातालाई पुरानै ताक्लाकोट सडकको ‘ललिपप’     बझाङ प्रदेशसभा १ (१) मा शनिबार हुने निर्वाचनका लागि उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन्। साढे तीन दशकदेखि चर्चामा रहेको चीन जोड्ने सडक सपनाको आयोजना भन्दै उम्मेदवारहरू आफूले जितेमा पूरा गर्ने प्रतिबद्धता जनाइरहेका छन्। गएको प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशी...
Weather Update