News Griha :: न्यूजगृह
मधेस प्रदेशः शपथ खाएको एक हप्तापछि बेची लुंगेलीले पाइन् जिम्मेवारी 

काठमाडौं— मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी बेची लुंगेलीलाई दिइएको छ। 

गत वैशाख ६ गते बिना विभागीय मन्त्री बनेकी लुंगेलीलाई बुधबार मन्त्रालयको जिम्मेवारी दिइएको हो। 

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले बिना विभागीय मन्त्री रहेकी एकीकृत समाजवादीकी लुंगेलीलाई जिम्मेवारी दिएका हुन्। 

अझै भरत साह बिना विभागीय मन्त्री रहेका छन्। उनले पनि वैशाख ६ गते नै शपथग्रहण गरेका थिए। 

त्यस्तै पूर्णता पाइ नसकेको मधेस प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मे्वारी मुख्यमन्त्री यादवले आफैँसँग राखेका छन्।  

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:२०
Weather Update