इलाम २ मा स्वतन्त्र उम्मेदवार थेगिमले गरे मतदान शनिबार, वैशाख १५, २०८१

इलाम–२ उपनिर्वाचनः मुख्य ४ प्रतिस्पर्धीले गरे मतदान शनिबार, वैशाख १५, २०८१ इलाम क्षेत्र नं २ का मुख्य प्रतिस्पर्धी मानिएका ४ उम्मेदावर मतदान गरेका छन्।बिहान ७ बजेबाट सुरु भएको मतदानमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम लिम्बूले मतदान गरेका हुन्।एमालेका नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान...

बझाङमा उत्साहपूर्वक रुपमा मतदान हुँदै शनिबार, वैशाख १५, २०८१ बझाङ प्रदेशसभा निर्वाचन (१) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन्। निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।

मतदानपछि मिलनले भने– इलामको निर्वाचनले देशलाई नै नयाँ चरणमा पुर्याउँछ शनिबार, वैशाख १५, २०८१ इलाम क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले इलामको निर्वाचनले देशलाई नै नयाँ चरणमा पुर्याउन सक्ने दाबी गरेका छन्। बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा सहभागि भएपछि सामाजिक सञ्जालमा लाइभ गर्दै लिम्बूले इलामको निर्वाचनले देशलाई नै नयाँ चरणमा पुर्याउने बताए।

कांग्रेस उम्मेदवार खड्काले गरे मतदान शनिबार, वैशाख १५, २०८१ इलाम २ मा नेपाली कांग्रेसकातर्फ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन्।महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन्। बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ।
-1714186947.jpg)
एमाले उम्मेदवार सुहाङले गरे मतदान शनिबार, वैशाख १५, २०८१ इलाम २ मा नेकपा एमालेका तर्फबाट चुनावी मैदानमा रहेका उममेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्। उनले सवा ७ बजे महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान शनिबार, वैशाख १५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन्। उनले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयमा रहेको मतदान स्थलमा मतदान गरेका हुन्। माङसेबुङ-२ घर भएका लिम्बूले जनता कल्याण आधारभुत विद्यालयमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन्। सोही मतदान स्थलको (क) केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख...

इलाम र बझाङमा मतदान सुरु शनिबार, वैशाख १५, २०८१ इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान सुरु भएको छ।निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ।इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन्।

मतदानमा सहभागी हुन निर्वाचन आयोगको अपिल शनिबार, वैशाख १५, २०८१ निर्वाचन आयोगले इलाम र बझाङमा शनिबार हुने उपनिर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गरेको छ।आयोगले एक विज्ञप्ति जारी गर्दै इलाम २ मा प्रतिनिधि सभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (१)मा हुन लागेको प्रदेश सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो।

इलाम र बझाङमा आज मतदान, रातिदेखि नै गणना शनिबार, वैशाख १५, २०८१ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि शनिबार मतदान हुँदैछ ।इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) मा प्रदेश सभा सदस्य पदका लागि मतदान हुने छ। मतदान बिहान ७ बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म हुने छ । मतदानको पूर्वसन्ध्यामा निर्वाचन आयोगले मतको महत्वलाई बुझेर आफूले...

राप्रपाले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम ल्याउने शुक्रबार, वैशाख १४, २०८१ वैशाख १८ र १९ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर आन्दोलनको कार्यक्रमलाई पारित गर्ने र सार्वजनिक गर्ने लिङ्देनको भनाइ छ। उनले यसअघि पार्टीले गरेको आन्दोलनमा राज्यले बर्बर दमन गरेको भन्दै सरकारप्रति निरन्तर विरोध जनाइराख्ने उनले बताएका छन्।

कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ: अध्यक्ष नेपाल शुक्रबार, वैशाख १४, २०८१ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै झन्डै टुटेको टिप्पणी गरेका छन्।काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले समयमा निर्णय लिएका कारण गठबन्धन टुट्न बाट बचेको बताए ।

‘सहकारी समस्या समाधानका लागि सरकार फास्ट ट्रयाकमा जान्छ’ शुक्रबार, वैशाख १४, २०८१ बचत तथा ऋण सहकारीको क्षेत्रमा रहेको समस्या समाधानका लागि सरकार कानुन संशोधनसहित फास्ट ट्रयाकमा जाने भएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले नियमित प्रक्रिया र विद्यमान कानुनबाट समस्या समाधान नहुने भन्दै नयाँ कानुनी व्यवस्थाबाट समाधान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले बताइन्।