News Griha :: न्यूजगृह
इलाम २ को मतगणना ११ बजेदेखि
इलाम २ को मतगणना ११ बजेदेखि इलाम २ मा मतगणना बिहान ११ बजेपछि मात्र हुने भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुने छ।कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा...
बझाङमा मतपेटिका संकलनको काम सकियो, मतगणना बिहान १० बजेपछि 
बझाङमा मतपेटिका संकलनको काम सकियो, मतगणना बिहान १० बजेपछि  बझाङमा मतपेटिका संकलन सकिएको छ। बझाङ १ नम्बर प्रदेश सभाको उपचुनाव अन्तर्गत शनिबार मतदान भएको थियो। सबै मतपेटिका चैनपुर ल्याइसकिएको प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइँकेलले जानकारी दिए।  आइतबार बिहानै साइपाल गाउँपालिकाका तीन वटा मतदान केन्द्रका मतपेटिका दुई पटक हेलिकप्टरमार्फत मतगणना स्थल चैनपुरमा ल्याइएको प्रजिअ कुइँकेलले बताए। 
बझाङमा ९० केन्द्रको मतपेटिका सदरमुकाम पुग्यो, तीन केन्द्रको लिन हेलिकप्टर उड्यो
बझाङमा ९० केन्द्रको मतपेटिका सदरमुकाम पुग्यो, तीन केन्द्रको लिन हेलिकप्टर उड्यो बझाङमा ९३ मतदान केन्द्र मध्ये ९० मतदान केन्द्रका मतपेटिका सदरमुकाम चैनपुर ल्याइएको छ।सदरमुकामबाट निकै टाढा रहेको साइपाल गाउँपालिकाका ३ केन्द्रको मतपेटिका केहीबेरमा ल्याइने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।
इलाममा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
इलाममा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै इलाम २ मा मतगणनामा ढिलाइ भएको छ। यसअघि शनिबार राति करिब १०–११ बजेपछि मतगणना शुरु हुने भनिएको थियो। तर मतपेटिका अबेर राति १ बजे मात्र सदरमुकाम आएपछि निर्धारित समयमा मतगणना शुरु नसकेको हो।शनिबार राति नै मतगणना गर्नेमा नेकपा एमालेले असहमति जनाइरहेको थियो। एमालेका लागि इलामका चुनावी कमान्डर कृष्ण काफ्लेले...
इलाम-२ को मतगणना अपडेट प्रत्येक घण्टामा, चोकबजारको डिस्प्लेमा देखाइने
इलाम-२ को मतगणना अपडेट प्रत्येक घण्टामा, चोकबजारको डिस्प्लेमा देखाइने सदरमुकामस्थित सिटी हलमा मतपेटिका जम्मा भएपछि आजै गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सिटीहलको एक कोठामा तारजारी लगाएर गणकमात्र भित्र बस्न मिल्ने, प्रतिनिधि बाहिरै बस्नेगरी गणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने
इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ। निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ।इलाम- २ मा  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिदै छ। आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका...
इलाम-२ मा ५८ प्रतिशत मतदान, मत गणनाको तयारी 
इलाम-२ मा ५८ प्रतिशत मतदान, मत गणनाको तयारी  इलाम क्षेत्र नं २ मा ५८ प्रतिशत मतदान भएको छ। शनिबार प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा ६० प्रतिशत मतदान भएको हो।यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ। अहिले मतपेटिकाहरू संकलन सुरु भएको छ।
बझाङमा पनि सकियो मतदान, ५० प्रतिशत हाराहारीमा मत खसेको अनुमान 
बझाङमा पनि सकियो मतदान, ५० प्रतिशत हाराहारीमा मत खसेको अनुमान  बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं  १ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ।२९ हजार ७३८ मत खसेको प्रारम्भिक जानकारी प्राप्त भइसकेको र अझै केही मतदान केन्द्रको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।
इलाममा मतदान सकियो, ५७ प्रतिशत मत खसेको अनुमान, भोलिसम्म अन्तिम परिणाम आइसक्ने 
इलाममा मतदान सकियो, ५७ प्रतिशत मत खसेको अनुमान, भोलिसम्म अन्तिम परिणाम आइसक्ने  इलाम क्षेत्र २ मा ५७ प्रतिशतमात्रै मत खसेको छ। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ५७ प्रतिशत मत खसेको हो। उनले ६६ हजार मत खसेको बताए। सो क्षेत्रमा १ लाख १५ हजार ८८ मतदाता छन्।इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खस्ने अनुमान गरिएको भए पनि...
उपनिर्वाचनः इलाममा आज रातिदेखि नै मतगणना, बझाङमा भोलिमात्र
उपनिर्वाचनः इलाममा आज रातिदेखि नै मतगणना, बझाङमा भोलिमात्र निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को मतगणना आजै राति सुरु हुने जनाएको छ । बझाङको मत आइतबार बिहान ११ बजेदेखि गणना थालिने भएको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले इलामको मतगणना राति १२ बजेअघि नै सुरु हुने सम्भावना रहेको बताए। उनले सोहीअनुसार निर्देशन दिइएको पनि बताए।
आचारसंहिता उलङ्घन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारबाही थाल्दै आयोग
आचारसंहिता उलङ्घन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारबाही थाल्दै आयोग इलाम-२ मा रास्वपा  बाट उम्मेदवार बनेका मिलन लिम्बूले निर्वाचन आचारसंहिता उलङ्घन गरेका छन्। लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलङ्घन भएको हो।उनले कोट बाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घण्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उलङ्घन गरेका हुन्।
बझाङमा २६ हजार मत खस्यो
बझाङमा २६ हजार मत खस्यो बझाङ प्रदेश सभा निर्वाचन  ९१ ० मा भइरहेको उपनिर्वाचन अन्तर्गत उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ। बिहान ७ बजेदेखि मतदान भइरहेकोमा अपरान्ह ३ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ।
Weather Update