News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम २ मा स्वतन्त्र उम्मेदवार थेगिमले गरे मतदान 
तस्बिरः सामाजिक सञ्जाल

काठमाडौं— इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले मतदान गरेका छन्। 

लिम्बूले आफ्नै जन्म गाउँ फाकफोकथुम ३ सिंहदेबी मावि (क) बाट मतदान गरेका हुन्।

Prabhu Bank

उनी पहिचान पक्षबाट स्वतन्त्र उम्मेदवार बनेका हुन्। 

यसअघि नै सो निर्वाचन क्षेत्रबाट मुख्य प्रतिस्पर्धी मानिएका एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीैका मिलन लिम्बूले मतदान गरिसकेका छन्। 

इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा १ लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन्। आयोगका अनुसार  ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन्।

अहिले मतदान जारी रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०८:५७
Weather Update