News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम–२ उपनिर्वाचनः मुख्य ४ प्रतिस्पर्धीले गरे मतदान 

काठमाडौं— इलाम क्षेत्र नं २ का मुख्य प्रतिस्पर्धी मानिएका ४ उम्मेदावर मतदान गरेका छन्।

बिहान ७ बजेबाट सुरु भएको मतदानमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम लिम्बूले मतदान गरेका हुन्।

एमालेका नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । 

Prabhu Bank

त्यस्तै कांग्रेसका खड्काले महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट मतदान गरेका हुन्। 

त्यसैगरी रास्वपाका लिम्बूले जनता कल्याण आधारभुत विद्यालयमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन्। 

त्यस्तै पहिचानवादी तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका थेगिमले फाकफोथुम गाँउपालिका सिंहदेवी मावि आमचोक केन्द्र पुगेर उनले भोट हालेका हुन् ।

इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

अहिले शान्तिपूर्ण मतदान भइरहेको छ। 

आजै बझाङ प्रदेश सभा (१) मा पनि मतदान जारी रहेको छ। बझाङको प्रदेशसभा तर्फको उपनिर्वाचन शान्तिपूर्ण ढंगले भइरहेको निर्वाचन आयोगले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०८:३९
Weather Update