News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान

इलाम— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन्। उनले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयमा रहेको मतदान स्थलमा मतदान गरेका हुन्।

माङसेबुङ-२ घर भएका लिम्बूले जनता कल्याण आधारभुत विद्यालयमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन्।

Prabhu Bank

सोही मतदान स्थलको (क) केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले समेत मतदान गरेका छन्।  

उम्मेदवार लिम्बू र जिसस प्रमुख राईले मतदान गरेको मतदान स्थलमा जम्मा १२ सय ७ जना मतदाता रहेका छन्।

जसमध्ये (क) केन्द्रमा ५ सय ५८ र (ख) केन्द्रमा ६ सय १८ जना मतदाता रहेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०७:३०
Weather Update