News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मतदानमा सहभागी हुन निर्वाचन आयोगको अपिल

काठमाडौं— निर्वाचन आयोगले इलाम र बझाङमा शनिबार हुने उपनिर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गरेको छ।

आयोगले एक विज्ञप्ति जारी गर्दै इलाम २ मा प्रतिनिधि सभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (१)मा हुन लागेको प्रदेश सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो।

Prabhu Bank

यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्र मध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०६:४२
Weather Update