News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
यसरी सम्भव भएको थियो कतारका राजाको नेपाल भ्रमण

काठमाडौं— नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण भब्य रुपमा सम्पन्न भएको जानकारी गराएका छन्। 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनले वैशाख ११ र १२ गतेको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण सफल रूपमा सम्पन्न भएको जानकारी गराएका हुन्।

Prabhu Bank

उनले भने, ‘नेपालका सम्माननीय राष्ट्रपति महोदयको निमन्त्रणामा यही २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण सफल रूपमा सम्पन्न भएको छ।’

नेपाल भ्रमणका लागि प्रस्ताव गर्न आफूले दुई वर्षको अन्तरालमा पाँच पटकसम्म राजालाई भेटेको र भ्रमणको मिति तयर गरेको राजदूत डा.ढकालले बताए। ‘भ्रमण पश्चात कतारलाई विकास साझेदार मित्र राष्ट्रका रुपमा अगाडि बढाउनका लागि मैले आगामी दुई वर्षलाई अवसर र चुनौतीको रुपमा लिएको छु। र मलाई विश्वास छ, नेपालका तर्फबाट गरिएका अपेक्षाहरु अधिकांश मेरै कार्यकालमा पूरा गराउने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने।

त्यस्तै पत्रकार सम्मेलनमा श्रम सम्बन्धी सम्झौतामा घरेलु कामदार र समय सापेक्ष कामदारका सेवा सुविधाहरु परिवर्तनका विषयमा छलफल जारी रहेको, लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि कतार एयरलाइन्सको उडान गर्नका लागि अनुरोध गरिएको र त्यसलाई कतारले सकरात्मक रुपमा लिएको जानकारी गराए।  

भ्रमणका अवसरमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र कतार सरकार तथा कतार च्याम्बरकाबीचमा एकआपसमा सहयोग आदान प्रदान गर्ने गरी आठवटा समझदारी तथा सम्झौता भएको पनि उनले जानकारी गराएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १५:४५
Weather Update