News Griha :: न्यूजगृह
सिंहदरबारमा प्रचण्ड–ओलीबीच भेट  

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ।  

केहीबेर अघि प्रधानमन्त्री प्रचण्डलार्ई भेट्न ओली सिंहदरबार पुगेका हुन्। 

सत्ता घटक दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारको पछिल्लो अभिव्यक्तिले गठबन्धनमा तरंग पैदा भएका बेला ओली–प्रचण्ड भेट गरेका हुन्। 

भेटमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ। साथै आगामी लगानी सम्मेलनसहित बजेट र नीति तथा कार्यक्रमका बारेमा समेत छलफल हुने बताइएको छ।  

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १४:४३
Weather Update