News Griha :: न्यूजगृह
कर्णालीमा भागबन्डा टुङ्गियो, कसलाई कुन मन्त्रालय?

सुर्खेत— कर्णाली प्रदेशमा सत्तारुढ दलहरूबीच मन्त्रालय भागबन्डा टुङ्गिएको छ।

मंगलबार मुख्यमन्त्री यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबीच भएको छलफलमा मन्त्रालय भागबन्डाको विषय टुङ्गिएको हो।

जसअनुसार सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ। 

यसअघि माओवादीलाई सामाजिक विकास मन्त्रालय मुख्यमन्त्री कँडेलले दिन चाहेका थिएनन्। अन्ततः उक्त अडानबाट मुख्यमन्त्री कँडेल पछाडि हटेका हुन्।

माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले भागबन्डा टुङ्गिएको र बुधबारसम्म मन्त्रिमण्डल विस्तार हुने जानकारी दिए। मन्त्रालय भागबन्डाको विषय टुङ्गिएसँग मुख्यमन्त्री कँडेलले बिहीबार संसदबाट विश्वासको मत लिने भएका छन्।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १९:३९
Weather Update